» » छोराले कुटि–कुटि गरे बाबुको हत्या

बनेपा, कात्तिक १० गते । काभ्रेपलाञ्चोकको देवीटार गाविस–८ स्थित चमारेडाँडामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।
घरायसी झगडाले उग्र रुप लिँदा २० वर्षीय छोरा विजय तामाङले करिब ४३ वर्षीय गणेशबहादुर तामाङलाई गएराति कुटपिट गर्दा मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
हत्या गरेर फरार भएका विजयलाई सोही गाविस–१ बाट पक्राउ गरी हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..