» » सर्लाहीमा दुई बस आपसमा ठोकिदाँ १ जनाके मृत्यु, ११ जना यात्रु घाइते

सर्लाही, कार्तिक २ गते ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको सागरनाथ जंगलमा आज बिहान दुई वटा रात्री बस आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । वस दुर्घटनामा अरु ११ जना घाईते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ गईरहेको ना ३ ख ७६८८ नम्वरको बस र विपरीत दिसाबाट आउँदै गरेको बस आज बिहान साँढे ४ बजे फूलजोर चोकबाट करिव ७ किलोमिटर पूर्व सागरनाथ जंगलमा आसपासमा ठोक्किएका हुन् ।
दुर्घटनामा गम्भीर घाईते भएका मोरङको विराटनगर १३ का ३८ वर्षका लक्ष्मण घिमिरेको उपचारका क्रममा त्रिदेव अस्पताल रानीगंजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी उपरीक्षक रमेशकुमार खड्काले सबै घाईतेहरुको रानीगंजमा रहेको त्रिदेव अस्पतालमा उपचार भैरहेको जानकारी दिनुभयो ।
दुर्घटनामा दुवै बसका चालक समेत घाईते भएका डिएसपी खड्काले बताउनुभयो । तीव्र गतीमा रहेको बस अनियन्त्रित भएर ठोक्किएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दुर्घटनापछि झण्डै डेढ घण्टा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग बिहान ६ बजेपछि प्रहरीले एक तर्फी रुपमा खुलाएको थियो । प्रहरीले दुर्घटनामा क्षतिग्रस्त भएको बस सडकबाट हटाउने प्रयास गरिरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..