» » छाप्रो आगलागीमा परेर महिलाको मृत्यु

भक्तपुर, कात्तिक ९ गते । आफु बस्दे आएको आफ्नै टहरामा लागेको आगोमा परेर भक्तपुरको नगरकोटमा एक वृद्धाको मृत्यु भएको छ । नगरकोट नगरपालिका–६ डाँडागाउँकी ८५ वर्षीया चम्पा पाण्डेको गएराति ८ बजे आफू बस्दै आएको छाप्रोमा आगो ताप्ने क्रममा आगलागी भएपछि जलेर ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
मृतक पाण्डेको भक्तपुर अस्पतालमा शव परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..