» » मधेशी मोर्चा र सरकारी वार्ताटोली वीच आज निर्णयक वार्ता हुने

काठमाडौं,कार्तिक १५ गते । मधेसी मोर्चा र सरकारी वार्ता टोलीबीच आज अन्तिम वार्ता हुँदैछ । संघीय समाजवादी फोरम नेपालको कर्यालयमा आज हुने तेस्रो चरणको औपचारिक वार्तालाई निर्णायक बनाउने गरि दुवै पक्षबीच गम्भिर रुपले छलफल हुँदैछ ।
मधेसी मोर्चाले आजको वार्तामा अन्तिम अडान राख्नेछ भने सरकारले संघिय सीमाका विषयमा साझा खाका पेश गर्ने तयारी गरेको छ । मोर्चाले वार्तामा सीमांकनको मार्ग्चित्रसहित वार्तामा आउन सरकारी टोलीलाई आग्रह पनि गरेको छ ।

सरकारले सीमांकनका विषयमा आयोग बनाएर जानुपर्ने बताएको छ भने मोर्चाले आयोग स्वीकार गर्न नसकिने बताएको छ । आज दुवै पक्षको अडानका बिचबाट वार्ता हुने र निकासको प्रयास गरिने सरकारी वार्ता टोलीका सदस्य विना विभागीय मन्त्री रामजनम चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार वार्ता दिउँसो ४ बजे संघिय समाजवादी फोरमको कार्यालयमा हुने तय गरिएको छ ।

यसैबीच मोर्चाले आज लचक भएर प्रस्तुत हुने जनाएको छ । हिजो अबेर रातीसम्म भएको छलफलले आजको वार्ता निर्णायक बनाउनुपर्ने निष्कर्ष पनि निकालेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..