» » मोर्चा कार्यकर्ता र प्रहरी वीच झडप केही घाइते


चन्द्रनिगाहपुर, असोज १५ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरी बीच चन्द्रनिगाहपुर भन्दा एक किलोमिटर दक्षिणमा झडप भएको छ ।
मधेशी मोर्चाको कार्यकर्ता पूर्व पश्चिम राजमार्ग बन्द गराउन हजारौंको संख्यामा आएको जुलुसलाई प्रहरीले रोक्न खाजेपछि स्थिती तनाव पूर्ण भएर झडप भएको हो ।
मोर्चाको जुलुसमा मधेशी, थारु र मुस्लिम संगठनहरुको पनि ठुलो मात्रामा सहभागिता छ । प्रहरीले आन्दोलनकारीलाई चन्द्रनिगाहपुर चोकबाट १ किलोमिटर दक्षिण पूरानो बजारमै रोकेको हो ।
कार्यकर्तालाई रोकेपछि झडपको वतावरण वनेको हो, त्यसक्रममा प्रहरीले २० राउण्ड जति हवाई फायर र अश्रृ ग्यास प्रहार गरेको छ । आन्दोलनकारीले ढुंगा र बोतलले प्रहरीले हानेका छन् । झडपमा दुवै तर्फ केही व्यक्ति घाइते छन् । स्थिति अझ तनाव पूर्ण रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..