» » महामन्त्री सोनल रिहा


काठमाडौ असोज १४ गते ।आन्दोलनका क्रमममा समातिएका तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल र सोही पार्टीका नवल किशोर सिह रिहा हुनु भएको छ । जिल्ला अदालतले तराई मधेसमा जारी आन्दोलनको क्रममा पक्राउ महामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष समेत रहनु भएका नवलकिशोर सिंहलाई रिहा गर्ने आदेश दिएको छ । उहाँ दुवैजनालाई भदौ २९ गते बाराबाट प्रहरीले पक्राउ गरको थिए ।
 न्यायाधीश भोजराज शर्माको इजलासबाट बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएपछि उनीहरु रिहा भएका हुन् ।
अधिकार क्षेत्र नाघेर प्रमुख जिल्ला अधिकारीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर कारागार पठाएको विरुद्धमा जिल्लाका बार एसोसिएसनका अध्यक्ष रामचन्द्र सिंहसहितका अधिवक्ताहरुले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
तीन दिनको बहसपछि यस्तो आदेश भएको हो । ुप्रजिअले गैर कानुनी रुपमा मुद्दा चलाएकोले मुद्दा खारेजसहित बन्दी रिहा गर्ने आदेश भएको छ,ु अधिवक्ता अरुण दुबेले भने, ुप्रजिअले संविधान र कानुन मिचेर अधिकार क्षेत्र भन्दा बाहिर गएर मुद्दा चलाएका थिए ।
आन्लदालनको क्रममा तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि प्रजिअ बालकृष्ण पन्थीले विगोसहित गरी जनही १ लाख ४९ हजार तीन सय ७५ रुपैयाँ धरौटी माग माग गरेका थिए । पछि उक्त धरौटी आरोपीले बुझाउन नमानेपछि प्रजिअ पन्थीले दुबैलाई असो १० गते थुनामा राख्ने आदेश दिएका थिए । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..