» » संघीय मधेशी मोर्चाको प्रेस विज्ञप्ति यस्तो रहेछ (प्रेस विज्ञप्ति सहित)

संघीय मधेशी मोर्चा
केन्द्रिय कार्यालय
काठमाण्डौ
  मिति  २०७२ । ६ । १४

प्रेस विज्ञप्ति
संघीय मधेशी मोर्चाको बैठक नेपाल सद्भावना पार्टीको केन्द्रिय कार्यालय काठमाण्डौमा जारी छ । बैठकले संघीय मधेशी मोर्चाद्वारा बिगत ४८ दिन देखि जारी मधेश बन्द, नाकाबन्दी र शान्तिपुर्ण संघर्षको क्रममा शहादत वरण गर्नुभएकाहरु प्रति हार्दिक श्रद्धान्जली एवं उच्च सम्मान व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले बिबिध कठिनाइहरुको बाबजूद मोर्चाले आह्वान गरेको संघर्षलाई सहयोग र समर्थन गर्ने संपुर्ण जनसमुदायप्रति आभार व्यक्त गरेको छ ।
बैठकले जारी आन्दनोलनको समिक्षा गर्दै सफल रुपमा अगाडी बढीरहेको संघर्षका बिभिन्न कार्यक्रमहरुको उच्च मुल्यांकन गरेको छ । नाकाबन्दीको प्रभाव तथा यसबाट आम जनताको जनजीवनमा पर्नगएको असर र समस्याबारे समेत छलफल भएको छ । बैठकले माग संबोधन नभएसम्म उक्त  कार्यक्रम जारी राख्ने निर्णय गरेको छ ।

बैठकमा आन्दोलनको थप र भावी कार्यक्रम तथा सरकाद्वारा वार्ताका लागि गठन गरेको कार्यदल एवं सरकारसंग वार्ताका विषयमा समेत विचार विमर्श भएको छ । मधेशमा आन्दोलनरत अन्य पक्षसंग समेत सहकार्यको संभावना वारे व्यापक छलफल गरिएको छ । मधेश आन्दोलनको मुद्दा संबोधनका लागि लिन सकिने रणनीतिका बारेमा समेत छलफल जारी रहेको छ  । वैठक भोली दिनको १२३० बजे पुनः बस्ने गरि आजको लागि स्थगित भएको छ ।


१। नेपाल सद्भावना पार्टी   अध्यक्ष, अनिल कुमार झा
२। लोक दल अध्यक्ष, कौशल कुमार सिंह
३। बहुजन समाज पार्टी, नेपाल अध्यक्ष,  गंगा महरा
४। लोकतान्त्रिक पार्टी नेपाल प्रवक्ता,  धर्मेन्द्र यादव
५।   नेपाल समाजबादी पार्टी ९लोहियावादी०  अध्यक्ष , नन्दन यादव  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..