» » ओलीकै ग्रह दासा किन खराब ?


यो जुनीमा प्रधानमन्त्री बन्नका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले के के सम्मको हर्कत गरेनन् तर उनको पूर्पुरोमा प्रधानमन्त्री बन्ने कुरा अझै पनि धेरै टाढा छ । आफ्नै पार्टीका सहकर्मी झलनाथ खनाल र माधव प्रधानमन्त्री भइसके । केहीवर्ष पहिले मात्र जंगलबाट आएका एमाओवादीका प्रचण्ड र बाबुराम भट्टराई पनि प्रधानमन्त्री भइसके, आफ्नो जीवन अधुरो रहने हो कि भनि तडपले प्रधानमन्त्री बन्नका लागि गर्नुसम्मको हरकत गरे ।
सुशिल कोइरालाको प्रधानमन्त्रीको म्याद रहँदैको अवस्थामा ‘म्याजरोटी’ पुर्याएर आफू प्रधानमन्त्री बन्नका लागि ओलीले आफ्नै घरमा तीनटा खसी ढालेर मधेशी मोर्चाका नेतालाई मासुभात खुवाएकै हो । सविधान निर्माण प्रकृयाको विरोधमा एमाओवादीसँगै सडकमा रहेका मधेशी मोर्चाका नेताहरुलाई पटक पटक आफ्नो घरमा बोलाएर मासु भात खुवाएर उनीहरुको मन आफ्नो तिर तान्ने प्रयासमा थिए तर तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मासुभात खुवाउनुको रहस्य खोलि दिएपछि ओली रन्थिएका थिए ।
ओलीको जालमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फँसि सकेका थिए । र, त्यसलाई मलजल गर्ने काम गरे रानी तिवारी । तराई मधेश सद्भावना पार्टीका उपाध्यक्ष रहेकी रानी तिवारी गच्छदारको पछि लागि सकेकी थिइन् । उनको गाडीमा बस्ने लत बसाई सकेकी थिइन् तर उपेन्द्र यादवले ओलीसँग वार्ता सत्ताको चलखेलका लागि मात्र भएको हल्ला गरि दिएपछि ओलीको उद्देश्य पूरा हुन सकेनन् ।
त्यसपछि मधेशी दलमाथि ओली यति इरिटेड भए कि उनीहरुलाई यूपी विहार समेत देखाई दिए । मधेशमा अहिले उनको पुरै माहुल विग्रेको छ । सायद जुन दिन ओलीले प्रधानमन्त्रीको सपथ खान्छन्, त्यो दिन मधेशमा उनको पुतला दहन हुन सक्छ ।
कोइरालालाई विचैमा अपदस्त गरी प्रधानमन्त्री बन्न नसकेपछि उनले जति सक्दो छिट्टो सविधान नै बनाएर प्रधानमन्त्री बन्ने धोको लिएर फास्ट ट्रयाकबाट सविधान निर्माण पनि गर्न लगाए तर अझै प्रधानमन्त्री बन्ने माहोल बनिसकेको छैन । अहिलेको दुई शक्ति मधेश र भारत खुलेर उनको विपक्षमा गइसकेका छन् । रह्यो कुरा काँग्रेस र एमाओवादीको । काँग्रेसमै प्रधानमन्त्रीको सम्बन्धमा तीन धार छन् । एक सुशिल कोइराला, दुई शेखर कोइराला र तीन शेरवहादुर देउवा । सम्झौता अनुसार सुशिल कोइरालाले अ‍ोलीलाई प्रधानमन्त्री बनाउने बाटो छाडि दिएपछि शेखर कोइराला र देउवा त्यो बाटोमा आउने सम्भावना बढ्दै गएका छ । यता, एमाओवादीका नेताहरुले ओलीलाई प्रधानमन्त्री बनाउने सहमति काँग्रेसले गरेको छ एमाओवादीले गरेको छैन । कसलाई प्रधानमन्त्री बनाउने नबनाउने स्वतन्त्रता पार्टीसँग रहेको छ । प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउने दौडमा लागेपनि पार्टीभित्रका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर राईमाझीलगायतका नेताहरु त्यसमा समर्थन जनाएका छैन ।
यता, उनकै एमाले पार्टीभित्र पनि अ‍ोलीलाई प्रधानमन्त्री बनाउने पर्छ भन्नेमा एकमत देखिएको छैन । असोज १२ गते बसेको कार्यकर्ता भेलामा पार्टीका उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतमले भनेका थिए,  हाम्रो अध्यक्षजी प्रधानमन्त्री नबन्न पनि सक्नुहुन्छ । हाम्रो पार्टीको नेतृत्वमा सरकार नबन्न पनि सक्छ । त्यसका लागि साथीहरु तयार भएर बस्नु होला ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

1 comments:

  1. ओली एकात्मक व्यवस्था का लोकेन्द्र बहादुर चंद हुन सक्छन http://demrepubnepal.blogspot.com/2015/10/blog-post_44.html

    ReplyDelete

..