» » राजधानी जस्तो ठाँउमा पनि सामुहिक बालिका बलत्कार


काठमाडौँ, असोज २३ गते । भारतको राजधानी नयाँदिल्लीमा बारम्बार हुने सामूहिक बलात्कार घटनाले विश्वकै ध्यान खिचेको छ । जसले नयाँदिल्ली महिलाका लागि असुरक्षित सहर बन्न पुगेको छ । नेपालमा पनि सामूहिक बलात्कारका घटना वेलावेला सार्वजनिक हुने गरेका छन् । तीन साताअघि नेपालकै राजधानीमा पनि एउटा सामूहिक बलात्कारको घटना भयो ।

मध्यराति ट्याक्सी खोजिदिने बहानामा एक १५ वर्षीया बालिकालाई चार युवकले एकान्तस्थलमा सामूहिक बलात्कार गरे । ललितपुर उपमहानगरपालिका भित्र पर्ने सुनाकोठीको टुटुल्केभीरनजिकै यो घटना भएको हो । तर, प्रहरी १० घन्टाभित्रै सबै अभियुक्तलाई पक्राउ गर्न सफल भयो ।

अनेकौं सपना बाकेर कक्षा ८ मा पढ्दापढ्दै जागिर खोज्न उनी सहर छिरेकी थिइन् । आफन्तको डेराामा बसेर रेस्टुरेन्टमा काम गर्ने उनी २८ भदौमा फुपु नाता पर्ने आफन्त र साथीसँग सुनाकोठीमा लाग्ने जात्रा हेर्न गएकी थिइन् । तर, त्यही जात्राको दिन उनको जीवनका लागि कालोदिन बनेर आयो ।

फूपु नाता पर्नेको कोठामा फुपुका व्वाइफ्रेन्डले दुव्र्यवहार गरेपछि उनी कपन फर्कन खोजेकी थिइन् । फुपूदिदीका व्वाइफ्रेन्ड राकेश मगरले उनलाई ट्याक्सी खोजिदिने आश्वासन दिए , तर, राकेशको भर पर्दा उनी लुटिइन् । एकान्तस्थलमा लगेर मगर र उनका तीनजना साथीले पालैपालो बलात्कार गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..