» » एमालेको प्रशिक्षण


उर्मिला यादव
नवलपरासी असोज १८ गते । नेकपा  एमाले नवलपरासीले संबिधान जारी भएको अबस्थामा आफ्ना जिल्ला तहका अगुवा कार्यकर्तालाई दुई दिने प्रशिक्षण  कार्यक्रम गर्ने भएको छ । एमाले नवलपरासीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो  । भेला भन्दा अगाडि सबै  क्षेत्रको बैठक सक्ने तयारी गरी मातहतका कमिटिहरुलाई निर्देशन गर्ने काम भइरहेको एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले बताउनु भएको छ ।
संबिधान अग्रगामी भएकाले सबै तहका कार्यकर्ता र नागरिकलाई बुझाउने प्रयास स्वरुप एमालेले दुई वटा क्षेत्रमा एक एक दिनको प्रशिक्षण राखेको एमाले केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज तिलक महतले  जानकारी दिनु भयो ।
 सदरमुकाम र  नवलपुर क्षेत्रमा प्रशिक्षण गछौं त्यसका लागि २० गते एमाले जिल्ला कमिटिको विस्तारित बैठक हुन्छ अध्यक्ष गाहाले भन्नु भयो ।  संबिधान निर्माणमा एमालेले गरेको अगुवाइ र अब एमालेले नेतृत्व गर्ने राष्ट्रिय सरकारको अभिभाराका बारेमा  प्रशिक्षण हुने जनाइएको छ ।  

अहिलेको  संबिधानले दिएको अधिकारका बारेमा जनतालाई बुझाउने र  मधेशमा भइरहेको  आन्दोलनका जाहेज मागहरुका बारेमा  सरकारले एकीन गरी सम्बोधन गर्न   बैठकले आग्रह गरेको  अध्यक्ष गाहामगरले बताउनु भयो 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..