» » यसकारण रोकियो तातोपानी नाका

काठमाडौं, कात्तिक १५ गते । चीनसँगको तातोपानी नाका भूकम्पपछि खुलेको तीन साता बितेको छ । व्यापारिक कारोबार सञ्चालन गर्न त्यहाँ भौतिक तथा प्रशासनिक अवस्था दुरुस्त छ । सवारी साधन दोहोरो आवतजावत गर्न सक्ने सडक चालू अवस्थामा छ ।

केरुङको तुलनामा तातोपानी राजधानीसँग जोडिएको सहज र छोटो नाका हो । जुन नाकाबाट तीन दशकदेखि बर्से्नि अर्बौको आयातनिर्यात व्यापार हुँदै आएको छ । तर, उत्तरी छिमेकी चीनले अनुदानमा उपलब्ध गराउने इन्धन ल्याउन यो नाका प्रयोग नगरी किन केरुङ छान्यो ? यो अहिले धेरैको चासोको विषय बनेको छ ।

केरुङ तातोपानीको विकल्प होइन, तर त्यसलाई पूरक नाकाका रुपमा दुवै मुलुकले प्राथमिकतामा राखेका छन् । चीनले अहिले उपलब्ध गराउने इन्धन तातोपानीनाकाबाट ल्याउन सकिएको भए काठमाडौंसम्मको दूरी छोटो पथ्र्यो । ठूला ट्यांकरसमेत सहज आवत–जावत गर्न सक्थे । केरुङ तत्कालका लागि त्यति सहज छैन । तर पनि चीनले केरुङलाई महत्त्व दिएकामा भने सरकारी अधिकारी नै आश्चर्यमा परेका छन् । ‘यसअघि बाटो खुलाउने विषयमा तातोपानीलाई महत्त्व दिइयो । अहिले इन्धन ल्याउन केरुङलाई महत्त्व दिइयो, यो कुरा बुझ्नै सकिएन,’ परराष्ट्र मन्त्रालयका एक अधिारी भन्छन् ।

वैशाख १२ को भूकम्पपछि दुवै नाका अवरुद्द भएका थिए । भूकम्पलगत्तै नेपालको भन्दा खासातर्फको अवस्था नराम्रो भएकाले त्यो नाका सञ्चालनमा ल्याउन नसकेको जानकारी चिनियाँले दिँदै आएका छन् । तातोपानी नाका सञ्चालनबारे छलफल भइरहेको जानकारी चिनियाँले दिएका छन्,’ परराष्ट्र स्रोतले भन्यो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..