» » मन्त्रीको शपथ खाएपछि के भने गच्छदारले ?


काठमाडौँ, असोज २५ गते । नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि सङ्घीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताउनुभएको छ ।

आज राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उहाँले मधेसी, थारू र जनजातिसँगको छलफलमा आवश्यकताअनुसार सङ्घीयताको सङ्ख्या र सीमामा हेरफेर गरिने र अन्य मागलाई पनि छलफलबाट सम्बोधन गरिने बताउनुभयो ।

संविधानमा संशोधनका लागि सरकार गठनपूर्व नेकपा (एमाले), एकीकृत नेकपा९माओवादी० र आफ्नो पार्टी मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० बीच आठबुँदे सहमति भएको स्मरण गराउनुभयो ।

उहाँले संविधान जारी गर्नुपूर्व प्रमुख तीन दलका बीचमा भएको १६ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन हुने जनाउनुभयो । सो सहमतिमा आठ प्रदेशमा जाने उल्लेख थियो भने नयाँ संविधानमा सात प्रदेशको व्यवस्था गरिएको छ ।

गच्छदारले संविधान संशोधनमा नेपाली काँग्रेसको पनि सहमति हुने जिकिर गर्नुभयो । गच्छदार उपप्रधान तथा भौतिक योजनता तथा यातायात मन्त्री हुनुभएएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..