भैरहवा, असोज १४ गते । लुम्बिनी विकास कोष प्रधान कार्यालय रुपन्देहीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले लगाएको ताला हिजो साँझदेखि खुलेको छ ।
ताला खुलेसँगै लुम्बिनी विकास कोषको प्रशासनिक काम कारबाही अगाडि बढाउन निर्देशन दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले जानकारी दिनुभयो । निरीक्षणमा प्रमुख जिल्ला अधिकारीसहित लुम्बिनी अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक गणेश केसी, नेपाली सेनाका कर्णेल राम लामा, सशस्त्र प्रहरी उपरीक्षक गणेश संग्रौलालगायतको सुरक्षा निकायका पदाधिकारीसहितको टोलीले लुम्बिनीको निरीक्षण तथा अवलोकन गरेका थिए ।
No comments: