» » नाकाबन्दीले सदुरपश्चिम पनि तनावमा


कैलाली, असोज १४ गते । भारतीय बजारबाट दिनहुँ दर्जनौंको सँख्यामा आउने मालबाहक सवारी साधनलाई भारतको गौरीफन्टा र बनवासामा भारतीय सुरक्षाकर्मी तथा भन्सारले विभिन्न बहाना बनाई रोक्ने गरेपछि पेट्रोलियम पदार्थको अभावमा सवारीका साधन नचल्दा सुदूरपश्चिमका बजारमा चहलपहल कम भएको छ ।
सुदूरपश्चिमका धनगढीको त्रिनगर भन्सार र महेन्द्रनगरको गड्डाचौकी नाकाको भारततिर पाँच दिनदेखि ठूलो संख्यामा नेपाल आउने मालबाहक सवारी साधन अलपत्र अवस्थामा परेको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
शुक्रवार साँझदेखि नाकाबन्दी लगाएको भन्सार अधिकारीहरूको बताएका छन् । कागजात नमिलेको भन्दै चेकजाँचमा ढिलाई गरेर रोक्ने गरेको सवारी चालकहरु बताउँछन् । यस अघि एउटा मालबाहक सवारी साधनलाई भन्सार छुटाउन बढीमा एक घण्टासम्म लाग्ने गरेकोमा हाल चौविस घण्टा बित्दा पनि भन्सार पास नदिने गरेको चालकहरुको भनाइ छ ।
भारतका विभिन्न शहर बजारबाट सामग्री लोड गरेर आएका दर्जनौं गाडीहरू भारतको दुधुवा नेशनल पार्कको बनगाउँ क्षेत्रमा रोकिएका छन् ।
भारतीय पक्षले नेपाल भित्रनुपर्ने सवारी साधनलाई पूर्णरुपमा अवरोध नगरे पनि चेकजाच र कागजात नपुगेको भन्दै घण्टौंसम्म भन्सारमा रोक्ने गरेको कैलालीका भन्सार कार्यालयका भन्सार अधिकृत मानबहादुर बिकले बताउनुभयो ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय प्रमुख शरद पौडेलका अनुसार पाँच दिन अघि भारतीय डिपोबाट पेट्रोलियम पदार्थ बोकेर २२ वटा ट्याङ्कर आए पनि त्यसयता आएका छैनन् । यहाँ भारतको उत्तरप्रदेशस्थित बन्थरा र साझापुरबाट पेट्रोलियम पदार्थ आयात हुनेगरेको छ । सातामा दुई दिन पेट्रोलियम पदार्थका कम्तीमा ४० वटा ट्यांकर आउने गरेकोमा बुधवारयता मुस्किलले १० वटा ट्याङकरमात्र आएका छन् ।



About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..