» » शक्तिशाली भूकम्पबाट भारत, पाकिस्तान, अफगानिस्तान र नेपाल प्रभावित, पाकिस्तानमा २५ जना भन्दा बढिको मृत्यु, सयौँ घाइते

कात्र्तिक ९ गते । दक्षिण एसियाली क्षेत्रमा सोमबार शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तान र पाकिस्तानको उत्तरी क्षेत्रमा केन्‍द्र भएको यो भूकम्पको बढी असर भारत, पाकिस्तान र अफगानिस्तानमा परेको छ  । पाकिस्तानमा २५ जना भन्दा बढिको मृत्य भएको छ भनेु, सयौँ घाइते भएको खबर अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।



नेपालमा पनि कडा धक्का महसुस भएको छ।प्रारम्भिक विवरणअनुसार  पाकिस्तानमा मात्रै चारजनाको मृत्यु भएको जानकारी पाकिस्तानी मिडियाले जनाएका छन्। उत्तरी भारतमा बढी क्षति भएको छ। खासगरी दिल्ली, हरियाना, पञ्जाब, काश्मिर भूकम्पबाट बढी प्रभावति भएका छन्।



अमेरिकी भूगर्भ विज्ञान केन्द्रका अनुसार भूकम्प ७.७ रेक्टर उक्त भूकम्पका कारण भारतको उत्तरी क्षेत्र, अफगानिस्तान र  पाकिस्तानका केही सहरमा मानिसहरु घर छोडेर बाहिरिएका छन्। भूकम्पको केन्द्र काबुलबाट २५६ किलोमिटर उत्तर पूर्वमा हिन्दु कुश हिमालय पहाडमा थियो ।भारत, पाकिस्तान  र अफगानिस्तानमा सुरक्षाफौजसँगै उद्धार टोलीलाई उच्च सतर्कतासहित राखिएको छ।  विस्तृत विवरण आउन बाँकी छ। 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..