» » मधेशी मोर्चा कोइरालालाई, गच्छदार ओलीलाई त्यसो भए गच्छदारको मोर्चा फुट्यो त ?

फाइल फोटो

काठमाडौ असोज २४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीका उम्मेदवार एमालेका अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । अर्थात प्रधानमन्त्रीका अर्का उम्मेदवार सुशिल कोइरलाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
त्यस्तै विजयकुमार गच्छदार संयोजक रहेको संघीय लोकतान्त्रिक मोर्चा विभाजित भएको छ । सो मोर्चाका शरद सिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी र राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिकले सुशिल कोइरालालाई मत दिने भएको छ भने गच्छदारको पार्टी फोरम लोकतान्त्रिकले केपी शर्मा ओलीलाई मतदान दिने भएको छ ।
यद्यपी ओलीलाई मतदान दिने निर्णय अधिकारीक रुपमा नभएको सो पार्टीका उपाध्यक्ष आशा चतुर्वेदीले बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..