» » नवलपरासीका बैंकहरुमा सर्वसाधारणहरुको घुँईचो

उर्मिला यादव,नवलपरासी, असोज २८ गते । दशैँ नजिकिएसंगै नवलपरासीका बैंकहरुमा सर्वसाधारणहरुको घुँईचो लाग्न थालेको छ । एक दुई दिनयता दशैँमा खर्चको जोहो गर्नका लागि सर्वसाधारणहरुले जम्मा गरेको रकम झिक्न तथा विदेशबाट आफन्तले पठाएको रकम लिनका लागी नवलपरासीको कावासोतीमा रहेका सरकारी तथा निजी बैंकहरुमा सर्वसाधारणको घुईचो बढेको हो । कावासोतीको जुन बैंकमा गएपनि एकदमै भिड भएको र बिहान दश बजे पुग्दा पनि पालो साझ ४ बजे मात्र आएको नेपाल बाणिज्य बैकमा पैसा झिक्न आउनु भएकी  देवमाया राजले बताउनु भयो ।

दशै आए संगै बैंकहरुमा भिड बढे पनि तर बैंकहरुले भनेजति रकम नदिएको सर्वसाधारणले गुनासो गरेका छन । दशै मुखमा नै आईपुगेको र किनमेलदेखि लिएर विभिन्न सरसामान खरिद गर्नका लागि अन्य चाडपर्वभन्दा धेरै खर्च गर्ने प्रचलन नेपालीहरुमा रहेको छ । रकम झिक्नका लागि धेरै बेरसम्म लाइनमा बसेर कुर्नपरेको र एकदमै गाहो भएको कावासोती २ की पम्फा पोखरेल बताउनु भयो  ।

बैंकमा मासिनहरुको भिड बढे पनि २२ देखि २५ हजारसम्म दिएको त्यो बाहेक अरु रकम नदिएको सर्वसाधारणले गुनासो गर्दै आएका छन । यसैबिच नेपाल सरकारले आईतबारबाट नयाँ नोट साट्ने जनाएपनि नवलपरासीमा भने सर्वसाधारणले यो सुविधा पाउन सकेका छैनन् । तर गाहकको माग अनुसार नै पैसा बितरण गरीएको राष्टिय बाणिज्य बैक उपशाखा कावासोतीका सहायक प्रबन्धक प्रदिप कुमार रायले बताउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..