» » अपडेट: विश्वकै सबभन्दा लामो मानव साँगलो यस्तो रहेछ, फोटो फिचर (भिडियो सहित)


काठमाडौं,असोज १४ गते । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाको अग्रिम आव्हानमा आजको दिनमा अहिले हुलाकी मार्गको ११५५ किलोमिटरमा ‘मानव साङ्गलो ’ बनाएर विश्वकिर्तीमानी प्रदर्शन शुरु भएको छ ।
मोर्चाको योजना अनुसार पुर्व मेची देखि महाकाली सम्म ११५५ किलो मिटरको मानव संगालो बनाई विश्व रेकर्ड बनाउन मोर्चाले प्रर्दशन जारी राखेको छ । पूर्व मेची देखी पश्चिम महाकाली सम्ममा १० लाख भन्दा बढी मधेशी र थारुहरुको सहभागितामा विश्वको सब भन्दा लामो मानव संगालो जोडी विश्व रेर्कड कायम गरेको छ ।
असोज १४ गते मधेशी मोर्चा र थारु मोर्चाले संयुक्त रुपमा हुलाकी राजमार्गमा विशाल जनसमुदाय ओरालेर संसारकै सबभन्दा लामो मानव साङलो पूर्व योजना अनुसार मानव आर्लेको छ ।
हुलाकी राजमार्गमा ११५५ किमि लामो मानव साङ्लो बनेको छ, यसभन्दा पहिले अहिले सम्मकै सबैभन्दा लामो मानव साङ्लो सन् २०१० मा बङलादेशमा बनेको थियो । उक्त मानव साङ्लो १०५० किमि लामो थियो । मानव साङ्लोको बनाएर विश्वकै ध्यान मधेशको मुद्दातर्फ आकृष्ट गर्ने र मधेशको मुद्दासँग सबैलाई परिचित गराउने उद्देष्य रहेको आन्दोलनरत मोर्चाले यो प्रर्दशन गरेको छ ।




About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..