» » जनकपुरमा तीन जना , महोत्तरीमा ३ जना गरि ६ जना मारिए

जनकपुरधामा, भदौ २५ गते । जनकपुरको मिल्स एरियामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले सयौँ राउण्ड गोली फायर गरेकोछ। प्रहरीको गाली लागि तीन जना प्रदर्शनकारीको ज्यान गएको छ भने दर्जनौ घाइते भएको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले सयौँ राउन्ड भन्दा बढी गोली चलाइसकेको छ ।
साझवाट दंगाग्रस्त क्षेत्र घोषणा गरि ठुलोमात्रामा सेना परिचालन गरेको छ । मृत्यु हुनमा जमुनिया अन्दाजी १४ वर्षका नितु यादव र महेन्द्रनगरका सञ्जय चौधरी र धनुषा अरेरवाको दिलिप यादव रहेका छन् ।  भने मोहतरीमा एक महिलाको मृत्यु भएको छ । महोत्तरीको हाथिलेट घर भएकी ३५ वर्षीया रामशिला मण्डल मारिएकी छिन् । जनकपुर नगरमा पस्न खोज्ने प्रदर्शनकारीसँग भएको झडपका क्रममा प्रहरीले हानेको गोली नितुको टाउको र घाँटीमा लागेको थियो ।


प्रहरीले चलाएको गोली लागेर दर्जनौँ  जना बढी गम्भीर घाइते भएका छन् । घाइतेहरुमा सुनिल दास, राधेश्याम पण्डित, सन्तोष महतो, सिकन्दर पासवान, कामेश्वर पण्डित र बिट्टु झा रहेका छन् । जनकपुर अञ्चल अस्पतालले उपचार सम्भव नभएपछि चार जना गम्भीर घाइतेहरुलाई काठमाडौं रिफेर गरेको छ । जनकपुरधाम १५ का सुनिल दास, रुपैठाका कामेश्वर पण्डित, विटु झा र विकास यादवलाई काठमाडौं रेफर गरेको छ । जनकपुरनगर छिर्न खोज्ने प्रदर्शनकारीलाई रोक्ने क्रममा ठाउँ ठाउँमा झडप भएको थियो ।
यता महोत्तरीको जलेश्वर लगायत जिल्लाको बलवा, बनौटासहितका ठाउँमा स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि अनिश्चितकालिन कर्फ्यु लगाएको छ । आज तीन घण्टाको लागि खुलाइएको कर्फ्यु ९ बजेदेखि सुरु भएको हो । बुधबार प्रहरीको गोली लागि जलेश्वरमा तीन आन्दोलनकारीको मृत्यु भएपछि उग्र बन्दै गएको जिल्लाको अवस्थालाई देखेर स्थानीय प्रशासनले जलेश्वरसहित जिल्लाको बलवा र बनौटा गाविसमा कर्फ्यु जारी गरेको थियो । मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको जलेश्वरमा शुक्रबार बिहान कुटपिट गरी गम्भीर घाइते बनाइएका नेपाल प्रहरीका एक असईलाई उपचारका लागि लाने क्रममा मृत्यु भएका छन् ।
महोतरीमा थप एक जना प्रदृशनकारीको मृत्यु भएको छन् । मृत्यु हुनेमा आखाँमा गोली लागी करिब ६० वर्षीय गणेष चौधरी रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..