» » अमेरिकामा वस्ने मधेशी जनाए आन्दोलनमा सर्मथन, शहिदको श्रद्धाञ्जलीमा मैनवति प्रज्वलन

 

राजेश अधिकारी, टेक्सास, भदौ २८ गते । अमेरिकाको टेक्सासस्थित मधेशी समुदायले जारी मधेश आन्दोलनमा समर्थन जनाउँदै राज्य आतंक र प्रहरी दमन बन्द गर्न माग गरेका छन् । उनीहरुले टेक्सासको एक ठाँउमा कार्यक्रम गरि मधेश आन्दोलनमा सहादत प्राप्त गरेका मधेशीहरुलाई श्रद्धाञ्जली दिँदै मैनबत्ती प्रज्वलन गरेका छन् ।


मधेशमा भइरहेको बर्वर प्रहरी दमन र मधेशी तथा आदीवासी जनजाती, महिला,मुस्लिम लगायतका अल्पसंख्यकहरुको हक र अधिकार तथा पहिचानको पुर्ण रुपमा हनन गरि संविधान बनाउन लागेको विरुद्धमा जनताहरु आन्दोलित रहेको अवस्थामा राज्यवाट दमन, हत्या र हिंसाको शिकार हुनु परेको अवस्थालाई अन्तराष्ट्रिय समुदायमा रहेको मधेशीहरुले आन्दोलनलाई सर्मथन जनाउदैँ मधेशको हितमा प्रर्दशन समेत गरेको छ ।

टेक्सासनिवासी मधेशीहरुले संविधानमा मधेशीलगायतका पछाडि पारिएका समुदायसित गरिएको विभेदप्रति ध्यानाकर्षण भएको भन्दै शान्तिपूर्ण आन्दोलन र विरोध गर्न पाउने अधिकार हनन नगर्न राज्यसँग अपिल गरेका छन् ।

नेपालमा अधिकारको लागि भइरहेको लडाईमा पूर्ण समर्थन रहेको जनाउँदै उनीहरुले संसारभरका मधेशीलाई एकजुट हुन र मधेश आन्दोलनमा समर्थन जनाउन आग्रह गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..