» » आज तराई मधेशमा अन्नत चतुदर्शी मनाउदैँ

सर्लाही, असोज १० गते । आज तराई मधेशको जिल्लाहरु लगायत मिथिलाञ्चल क्षेत्रका मानिसहरु अनन्त चतुर्दशीको पुजा गरिदैछ । अन्नत चतुदर्शी पुजा भाद्रपद शुक्ल पक्षमा गरिने चलन छ, र आजको दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ ।

आजको दिनमा बिहानै उठेर वर्तालुले नुहाई धुवाई गरेर घरको पुजा घरको स्वच्छ जमिनमा रंगोली बनाएर कलश राख्ने गर्दछ । शास्त्र अनुसार यदि सम्भव भएमा अनन्तको पुजा पवित्र नदी वा कुनै पोखरीको किनारमा गर्दा राम्रो हुने मान्यता छ । कलश माथी शेषनाग को शैया बानएर भगवान हरि(विष्णु)को प्रतिमा  अथवा चित्र राख्ने चल्न छ । त्यहाँ नजिकै १४ गांठो भएको धागो त्यसमा हल्दी ले रंगिएको,कूंकु ले सजिएको रातो रंगको धागा राखेर फुल,अक्षत,गंध,धूप,दीप,नैवेद्य द्धारा ओम अनन्तायस् नमस्‘. मन्त्र जाप गरि विधिवत पुजा गरिन्छ । त्तपश्चात पुजा पाठ गरि सके पछि शुद्ध अनन्त मन्त्र जाप गरेर पुरुषहरुले दायाँ र महिलाहरुले वायाँ हातमा अनन्तको डोरा(धागा) बाध्ने गरिन्छ । अनन्त १४ गाठौ भएकोले १४ लोक समान हो जसमा अनन्त भगवान रहने विश्वास रहेको छ ।यो अनन्त(धागो) धारण गरी सकेपछि कुनै ब्राहमणलाई नैवेद्य मा भोग लगाएर प्रसाद,पकवान संगै सवै परिवार प्रसाद ग्रहन गर्ने चलन छ । पुजा पाठ पछि व्रतको कथा पढने वा सुनानले राम्रो हुने मान्यता रहेको छ ।
भगवान विष्णुको सवै भन्दा ठुलो सेवक र अंगरक्षक शेषनागको नाम नै अनन्त हो भने मान्यता भएकोले आजैको दिनमा शेषनाग युक्त अनन्तको रुपको पर्तिमा बनाई हरि(विष्णु)को पुजा गरिने चलन छ ।
अतः प्रमेश्वर सहितको शेषनागको पुजा संग यो वर्त जोडिएको छ, र अनन्त हरी (विष्णु)को पुजा पाठ गरी संकट भयबाट मुक्त हुने अनन्तको शुत्र(धागा) बाध्ने गरिन्छ । अनन्तको विधिवत रुपमा धारण गर्नाले सबै मनोकामना पुरा हुने विश्वास जन–मानसमा परा पुर्व काल देखी रहेको मान्यता छ ।
अनन्त राखी कै जस्तै रेशमको धागामा कूंकु रंग,रातो रंगमा रंगिएको हुन्छ र त्यसमा चौँध गांठले बान्धिएको हुन्छ । यस्तै धागागरुले अनन्तको निर्माण गरिएको हुन्छ ।आजको दिनमा जप, तप,त्याग र तपस्याको साथ दश लक्षण पर्वको दशौ दिनको अराधाना पनि हुन्छ ।
अन्नत चतुदर्थी तराई मोरङ,सुनसरी,सप्तरी,सिरहा,धनुषा,सर्लाही,महोतरी,रौतहट,वारा र पर्सा लगायत तराई बिभिन्न जिल्लामा मनाउँने गरिन्छ । अनन्त चतुर्द्शि वर्त गर्नाले रोग,बाधा, कर्ज र अदालतका मुदाहरुबाट छुटकारा मिल्ने मान्यता पनि परापूर्वकाल देखी नै रहेकोछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..