» » उपेन्द्र यादवलाई कसले गराउँदैछन् ‘बदनाम’ (विज्ञप्ति)


मिति ः २०७२ असोज ७

प्रेस विज्ञप्ति

मिति २०७२ असोज ६ गते सप्तरीको राजविराजमा सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकको निर्णयलाई लिएर केही संचारमाध्यम र प्रायोजित व्यक्तिहरुले संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बद्नाम गर्न खोजिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
मोर्चाको बैठकमा हुँदै नभएको छलफललाई निहुँ बनाएर गरिएको गलत प्रचारबाजीप्रति खेद गर्दै मधेशी र थारु आन्दोलनको यस संवेदनशील एवं निर्णायक क्षणमा नेता, पार्टी र आन्दोलनलाई नै बद्नाम गर्ने चेष्टा नगर्न अनुरोध छ ।
मधेश÷थरुहटमा जारी अनिश्चितकालीन आन्दोलनमा केही गलत तत्वले छिमेकी मुलुक चीनको राष्ट्रिय झन्डा जलाएको घटनाप्रति मोर्चाले सर्वसम्मत रुपमा दुःख व्यक्त गरेको प्रष्ट पार्न चाहन्छौं । मोर्चाको निर्णय नं. ७ मा भनिएको छ,–‘२०७२ असोज ५ गते सुनसरीको इनरुवामा केही ब्यक्तिहरुले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय झण्डा जलाउने कार्य गरेको हुँदा सो कार्यको मोर्चा घोर भत्र्सना एवम् निन्दा गर्दछ ।’

मधेश आन्दोलन सार्थक निष्कर्षमा पु¥याउन समन्वयकारी भूमिका एवं माग सम्बोधनका लागि दबाब सिर्जना गर्न छिमेकी मुलक भारत र चीन लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको साथ, सहयोग र समर्थन सधैँ आवश्यक रहेकोले छिमेकी मुलुकहरुको सम्बन्धमा प्रतिकूल असर पर्ने गलत प्रचारबाजी नगर्न अनुरोध छ । मधेश÷थरुहट आन्दोलन प्रतिगामी संविधान र सरकार विरुद्व भएकोले आन्दोलनलाई बद्नाम गरी त्यसलाई तुहाउने दिवास्वप्न देख्ने गलत नियतका तत्वहरुको पूर्वाग्रही भ्रममा नपर्न समेत सबैमा अनुरोध छ ।


महेश चौरसिया
 प्रेस संयोजक

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..