» » प्रचण्डसँग के के कुरा गरेर भैरहवा फर्के महन्थ ठाकुर ?


काठमाडौ भदौ २२ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ बीच एमाओवादीका नेता डा.बाबुराम भट्टराईको सानेपास्थित निवासमा छलफल भएको छ ।
एमाओवादीका नेता डा.बाबुराम भट्राईको उपस्थितिमा आज भएको छलफलमा अध्यक्ष ठाकुरले वार्ताको वतावरण बनाउन अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको छ । आफूहरु वार्ताको विरोधी होइन, वार्ता र छलफलबाट नै समस्याको समाधान हुने भएकाले वार्ताका वतावरण चाँडै तयार गर्न उहाँले आग्रह गर्नुभयो ।
छलफलमा अध्यक्ष ठाकुरले वार्ताका लागि आफूहरुले चारवटा शर्त अघि सारेपनि सरकारले कुनै वास्ता नगरेको गुनासो गर्दै चाँडो वातावरण मिलाउन आग्रह गर्नुभयो । उहाँले आन्दोलन दवाउन तराई मधेशमा सेना परिचालन गरेकोलाई फिर्ता लिनुपर्ने, प्रहरीको दमन रोक्नुपर्ने र विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता आए संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा वार्तामा बस्न तयार रहेको कुरा धाराणा राखेको अध्यक्ष प्रचण्डका नीजि सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डले सहमतिबाट सविधान निर्माण गर्ने अवस्था अहिले पनि रहेकाले सबै मिलि सविधान निर्माण गर्नुपर्ने कुरा अध्यक्ष ठाकुर समक्ष राख्नुभयो । उहाँले मधेशी मोर्चासँग भएको सम्झौता साक्षि आफू पनि रहेकाले सो सम्झौता कार्यान्वयन नगर्ने कुरा आउँदैन, सरकार पनि कार्यान्वयन गर्नमा प्रतिवद्ध रहेको बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..