» » अनिल झाको पार्टी गच्छदारको मोर्चामा मिल्ने


काठमाडौ असोज ५ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी सहभागि हुने भएको छ ।
मोर्चाको आज बसेको बैठकमा अध्यक्ष झालाई समावेश गराउने छलफल भएको बैठकमा सहभागि एक नेताले सहारा टाइम्सलाई बताए । अनिलजीको पार्टी आउने पक्का भएको छ, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग पनि कार्यगत एकता गर्ने छलफल भएको छ, ती नेताले भने ।
झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीको पनि छुट्टै मोर्चा रहेको छ । यस विषयमा बुझ्न अध्यक्ष झालाई फोन सम्पर्क गर्दा मोबाइल स्वीच अफ थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..