» » संविधानको धँजी उडाउने पहिलो व्यक्ति प्र.म. नै

काठमाडौँ,आश्विन ४ गते । संविभान जारी भएको एकसताभित्र सरकारको गठनहुने प्रावधान रहेपनि प्रधानमन्त्री सुशील कोइरालाले दुई सातापछि राजीनामा दिने बताउनुभएको छ ।
नेपाली काँग्रेस केन्द्रीय समितिको सोमबार बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले दुई सातापछि राजीनामा दिने मनस्थिति बनाएको बताउनुभएको हो ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट फर्किएपछि सरकारबाट बाहिरिनुपर्ने बाध्यात्मक अवस्था रहेको उहाँले बैठकलाई जानकारी गराउनुभएको थियो । संविधानमा भएको प्रावधान अनुसार संविधान जारी भएलगत्तै राजीनामा दिने मनस्थितिमा रहेपनि प्रमुख दलका नेताहरुकै सल्लाहमा आफूले केही दिनपछि राजीनामा दिने उहाँले बताउनुभयो ।

राष्ट्र संघको महासभामा भाग लिएर नेपालमा संविधान बनेको जानकारी गराउन प्रमुख दलका नेताहरुले आफूलाई आग्रह गरेको उहाँले बैठकमा सुनाउनुभयो ।

प्रधानमन्त्री कोइराला आगामी बुधबार राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम छ । उहाँ असोज १७ गते काठमाडौँ फर्कनुहुनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..