» » महन्थ ठाकुरले भने, हाम्रो कुनै नयाँ माग होइन


महोत्तरी भदौ २० गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताको सट्टा विगतमा गरिएका सम्झौताहरू लागू गराउनतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।
फेरि वार्ता गरेर सहमति नै हुने हो, नयाँ सहमति गर्नुभन्दा पनि विगतमा भएको सम्झौतालाई कार्यान्वयन गरि दिए पुग्छ, उनले भने, हाम्रो माग कुनै नयाँ होइन, विगतमा भइसकेका सहमतिलाई कार्यान्वयन गराउनका लागि अहिले को आन्दोलन हो ।
हिजो महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष ठाकुरले सरकारले वार्ताको सट्टा विगतमा गरिएका आठबुँदे, १६ बुँदै सम्झौता लागू गर्न माग गर्नुभयो ।

साथै अन्तरिम संविधानमा लेखिएको सहमतिको आधारमा स्वायत्त मधेसलगायतका विभिन्न व्यवस्थाहरू कायम गर्दै संविधान जारी गर्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ठाकुरले मधेस र मधेसीलाई अधिकारबाट वञ्चित गर्न नसकिने र मधेसलाई बेवास्ता गरी संविधान जारी गरिए मधेसीलाई स्वीकार्य नहुने बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..