» » नेपालमा यसरी बढ्दैछ चीनको गतिविधि



काठमाडौ असोज ९ गते । सबैलाई सहमतिमा लिएर सविधान बनाउन, द्धन्द समाप्त गर भनि सल्लाह दिँदा भारतको हस्तेक्ष बढ्यो भन्नेहरु चीनको हस्तक्षेपलाई नजर अन्दाज गरिरहेका छन् । नेपालमा जारी तराई मधेशको आन्दोलनलाई पहल गर्न भारतले खेलिरहेको भूमिकालाई गलत ढंगले व्याख्या गरि नेपाल सरकारले चीनलाई नेपालमा चलखेल गर्ने ठाउँ दिइरहेको छ । नेपालमा चीनको चलखेल बढेको कुरा पछिल्लो समय प्रष्ट रुपमा देख्न सकिन्छ ।
मधेशीवादी दलले गरेको आन्दोलनको कारण नेपालमा विभिन्न वस्तुको आपूर्ति असहज देखिएको छ, त्यसलाई भारतसँग जोडेर सरकारले अपव्यख्या गरि अन्तरराष्ट्रिय दवाव बढाउन लागेको छ । त्यसको पछिल्लो उदाहारणमा चीनलाई लिन सकिन्छ ।
चीनका लागि नेपाली राजदूत मास्केले हिजो चिनियाँ कम्यूनिष्ट पार्टी, अन्तरराष्ट्रिय विभागका उपमन्त्री छन फङ सियाङसँग भेटेर नेपालमा देखिएको असहज आपूर्ति व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
मास्केका आग्रहलाई सियाङले सहस्र स्वीकार गरेका छन् । स्वीकार मात्रै गरेका छैन, विवादमा रहेका तातोपानी र केरुङ नाका खोल्ने पनि सहमति गरेको छ जो पहिलादेखि यो नाका विवादमा थिए । विवादलाई मिलाउन सरकारले कुनै चासो दिइरहेका थिएन तर अब सो आफै सुल्झिने भएको छ ।
चीनले भनेका छन्, जे जे चाहिन्छ हामी दिन तयार छौ । बन्द हड्तालका कारण नेपालमा कुनै कुराको अभाव हुन दिने छैनौ । स्रोत भन्छन्, त्यसकै भरमा तीन दल काँग्रेस, एमाले र एमाओवादी कुदी रहेका छन् । बरु आन्दोलनकारीलाई पेलेर जाने तर नझुक्ने हठ लिएका छन् । चीनकै आश र भरोसमा राज्यले मधेशमा दमन बढाएको भन्नेहरुको कमी छैन, आन्दोलनकारीलाई भटाभट मारिरहेका छन् ।
यो आजको तयारी होइन, दोस्रो सविधानसभाको चुनाव भएपछि नै चीनले नेपालको राजनीतिकमा जवर्जस्त उपस्थिति देखाएका छन् । सविधान निर्माण भइरहेको बेला चीनका नेताहरुको आवत जावत नेपालमा बाक्लिएको थियो । र, त्यही चिनियाँ प्रतिनिधिहरुले गो हेड भनेपछि नेताहरु कुनै पनि हालतमा सविधान जारी गर्नुपर्ने भन्दै सविधान निर्माणमा लागेका थिए ।
३० दलीय गठबन्धनबाट देशमा जारी आन्दोलनलाई प्रचण्ड पनि चिनियाँ नेताहरुकै उस्कसाहटमा छाडेर काँग्रेस र एमालेसँग टाँसिएका थिए । त्यस अवधिमा काँग्रेस, एमाले र एमाओवादीका नेताहरुको पनि चीन भ्रमण भएको थियो ।
सविधान निर्माणको प्रकृया शुरु भएपछि आाफ्नो पक्षमा समर्थन जुटाउनका लागि एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले आफ्नो विशेष दूतको रुपमा पार्टीका नेता इश्वर पोखरेललाई चीन पठाएका थिए । इश्वर पोखरेल उताबाट फर्केपछि एमाले झन कडा रुपमा प्रस्तुत भएर सविधान निर्माणको प्रकृयालाई अगाडि बढाउन थाले । त्यही बेला केपी शर्मा ओलीले रुखबाट दुई चारवटा आँप झर्दैमा केही हुँदैन भनि अभिव्यक्ति दिएका थिए । त्यति मात्र होइन त्यसको ठिक दुई दिनपछि एमालेका नेता झलनाथ खनालले मधेश प्रदेशलाई धोती प्रदेश भनेका थिए ।
चीनकै आडमा ओलीले भारतीय राजदूत रे सँगको भेटमा कडा प्रतिकृया दिएका थिए । चीन निकट मानिएका खनाल साउन १३ गते भारत गएका थिए । उपचारका लागि गएको भनिएपनि उनी खासमा त्यहाँका नेताहरुलाई भेट्न गएका थिए तर त्यहाँका नेताहरुले कुनै भाव नदिएपछि उनी रित्तो हात फर्केका थिए । त्यसपछि मधेशलाई भारतको दृष्टिले हेर्ने खनाल मधेशप्रति झन कडा भए ।
नेपाल भ्रमणमा आएका चिनियाँ कम्यूनिष्ट पार्टीका नेताहरु साउन ८ गते प्रधानमन्त्री सुशिल कोइरालालाई उनकै निवास बालुवाटारमा गएर भेटेका थिए । सविधान निर्माणको कार्य तीब्र रुपमा अगाडि बढी रहेको तथा मधेशवादी दल असन्तुष्ट रहेको अवस्थामा आएका चिनियाँ टोली प्रधानमन्त्री कोइरालालाई मात्र होइन, एमाल अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष प्रचण्डलाई भेटेका थिए । चिनियाँ टोली सबै नेतालाई भेट्ने वित्तिकै चार दलको बैठक बसेको थियो र सोही दिन सविधान निर्माण प्रकृयालाई कुनै पनि हालतमा अघि बढाउने निर्णय गरेका थिए । तर सो भेटघाटले त्यति चर्चा पाएका थिएन । सामान्य समाचार पनि बनेन त्यो बेला । तर असार २७ गते रञ्जित रे ले केपी अ‍ोली र २८ गते माधव नेपाललाई भेटेको विषय नेपाली मिडियामा ठूलो समाचार बनेको थियो ।
चीनका वाणिज्य उपमन्त्री चाङ स्योङछनको प्रतिनिधि मण्डलले पनि साउन ९ गते चार दलकै नेतालाई गोप्य ढंगबाट भेटेका थिए । चिनियाँ उपमन्त्रीसँगको भेटपछि सोही दिन चार दलको बैठक पुनः बसेको थियो । साउन ६ गते चिनियाँ प्रतिनिधिले भेटेर गइसकेपछि मात्र चार दलको बीच साउन २३ गते ६ प्रदेशमा सहमति भएको थियो ।
चार दल जसरी पनि सविधान निर्माणलाई अगाडि बढाउने सहमति गरेपछि मधेशवादी दलहरुले  भदौ १ गते देखि अनिश्चितकालका लागि मधेश बन्दको घोषणा गरे ।  आन्दोलनको घोषणा लगतै पुनः चिनियाँ टोलीहरु नेपाल आए । साउन ६ गते नेपाल आएका ती चिनियाँ टोलीले प्रधानमन्त्री सुशिल कोइराला, केपी शर्मा ओली र प्रचण्डलाई छुट्टा छुट्टै भेटेका थिए । चिनियाँ टोली भेटेपछि मात्र प्रधानमन्त्री कोइरालाले आन्दोलनकारीलाई वार्तामा आउन सोही दिन अपिल गरेका थिए । र सोही दिन संशोधित मस्यौदा सविधानसभामा पेस गरे । जब कि मधेशवादी दलहरु त्यसको विरोध गरिरहेका थिए ।
साउन ७ गते टीकापुरमा भएको घटनाकै दिन ती चिनियाँ प्रतिनिधि मण्डलले मोहन वैद्यलाई पनि भेटेका थिए । स्रोत भन्छन्, ती चिनियाँ प्रतिनिधि मण्डलले मधेशवादी दलका नेता ह्रदयश त्रिपाठी, जितेन्द्र देव, गोविन्द चौधरीलगायतका नेतालाई राजधानीको एक होटलमा गोप्य रुपमा भेटेका थिए । भेटमा चिनियाँ प्रतिनिधिले मधेशमा लगानी गर्न चीन चाहन्छन् त्यसमा मधेशवादी दलको सहयोग चाहिएको धारणा राखेका थिए । जवाफमा मधेशवादी दलले ठोस जवाफ दिएका थिएनन् । त्यसपछि मधेशवादी दल चीन प्रति झन कठोर भएर लागि परे ।
चिनियाँ टोली नेपालमा रहि रहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशिल कोइरालालाई फोन गरि थार्काएका थिए भने रन्जित रे ले गृहमन्त्रीलाई भेटेर नै थर्काएका थिए तर त्यसको असर न प्रधानमन्त्री कोइरालालाई परे न गृहमन्त्री बामदेव गौतमलाई, किनभने यिनीहरुको टाउकोमा चीनको हात थियो । संयोग भन्ने हो कि के भन्ने हो सोही दिन विराटनगरस्थित भारतीय दूतावास क्याम्प अगाडी बम विस्फोट भयो ।
नेपालमा बढेको द्धन्दको फाइदा लिँदै चीन पछिल्लो समय सक्रियता बढाएको छ । र, त्यही विषयको चिन्ता लिएर भारत पनि कडा कदम चाल्न बाध्य भएको छ । सीमा क्षेत्रमा भइरहेको आन्दोलनका कारण पाकिस्तान र चीनको गतिविधि बढ्ने खतरालाई मध्यनजर गर्दै भारतले नेपाललाई मधेशको समस्या चाँडो समाधान गर्न आग्रह गरेको छ । मधेश आन्दोलनको आडमा भारत विरोधी गतिविधि हुन सक्ने भन्दै भारत चिन्तित देखिएको छ कारण हो खुल्ला सीमा ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..