» » कर्णले भने, जयशंकर वार्ताकै माध्यमबाट मिलेर जान सुझाव दिएको हो

काठमाडौ असोज २ गते । सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्रीका विशेष दुत भारतीय विदेश सचिव एस जयशंकरले आफूहरुसँगको भेटमा मागको प्राथमिकता निर्धारण गरेर वार्ताको माध्यमबाटै मिलेर जान सुझाव दिएको बताएका छन् ।
राज्यले वार्ताको लागि पहल गरे आफूहरु लाई पनि पहल गरेर वार्तामा जान सुझाव दिएको बताउँदै उनले भारतले नेपालमा शान्ति खोजेको बताए । खुला सीमाना भएको र विहारको चुनाव आउन लागेकोले मधेस अशान्त हुँदा विहार पनि असर पर्ने भएकोले यो बेलामा भारतले छिमेकीको नाताले दुत पठाउनु उचित भएको तर्क उनले गरे ।
समस्याको समाधान वार्ताकै टेबलबाट हुने भन्दै आफूहरुले उठाएको सम्झौता अनुसारको संघीयता, अन्तरिम संविधान अनुसारको नागरिकताको व्यवस्था, भाषाको अधिकार, प्रहरी, लोकसेवा र अदालतको संघीयसंरचना रहेको उनले स्पष्ट पारे ।
कर्णले कसलाई र के के कुरा गर्ने नभनि हवाई फायरको शैलीमा आब्हान गरेकोले बार्ता हुन नसक्ने भन्दै सरकारले वार्ताको वातावरण नबनाएकोले आफूहरु वार्तामा नआएको स्पष्ट पारे ।
राज्यले मधेसलाई उपेक्षा गरेको र मधेसी जनतालाई दोस्रो दर्जाको नागरिकको रुपमा लिएको समस्या बढेको भन्दै आईतवार र सोमवार कफुर्यू लगाए दुर्घटना हुने चेतावनी दिए ।
 रिपोटर्स क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–आईतवार र सोमबार राज्यले संयम अपनाउनु पर्छ । नभए कठिन अवस्था आउन सक्छ ।
संविधानको पक्षमा मतदान गर्ने अन्य दलका मधेसी सभासदहरु सामन्ती भएको भन्दै ८३ प्रतिशत मत मधेसमा भएकोले मधेसलाई माईनस गरेर जान नसक्ने ठोकुवा गरे । 



About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..