» » दुई दिनका लागि प्रकृया स्थगित वार्ता गर्न मधेशी दलमाथि दवाव


काठमाडौँ, भदौ २५ गते । सविधान निर्माणको प्रकृयालाई रोकेर भएपनि आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने पर्ने दवाव बढेपछि तीन दलले आज दुई दिनका लागि सम्पूर्ण प्रकृया रोकेर वार्ता गर्ने निर्णय गरेको छ । आज तीन दलको बालुवाटारमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । भारती राजदूत रञ्जित रे पनि आज विहानैदेखि शीर्ष नेताहरुलाई भेटेर सविधान निर्माणको प्रकृया केही दिनका लागि रोकेर भएपनि आन्दोलनरत पक्षसँग वार्ता गर्न सुझाव दिएका थिए ।
उनले मात्रै होइन राष्ट्रिय मानव अधिकार आयोग, विभिन्न संघ सगठनलगायतले सविधान निर्माणमा हतार नगर्न सुझाव दिएको छ । तीन दलका दुई दल काँग्रेस र एमओवादी पनि सविधान निर्माण प्रकृया रोक्ने पक्षमा थिए तर माले जसरी पनि सविधान निर्माण गर्ने र सविधान निर्माण गरिसकेपछि मात्र वार्ता गर्ने सोचमा थिए तर चारैतिरबाट दवाव आएपछि अन्ततः दुई दिनका लागि प्रकृया स्थगित गरेका छन् । अब वार्ताका लागि मधेशवादी दलमाथि पनि दवाव बढ्ने छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..