» » राजधानीको हुकापानी बन्द गर्ने गरी शुरु भयो मधेशमा आन्दोलन

वीरगञ्जको फाइल फोटो

काठमाडौ भदौ २३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको आनिश्चितकाल तराई मधेश बन्द आज २६ औ दिन पनि जारी रहेको छ । काँग्रेस, एमाले, एमाओवादीले सहमति गरी संशोधन प्रस्ताव दर्ता गराएर सविधान प्रकृयालाई अगाडि बढाएपछि मधेशी तथा थारुमा झन आक्रोश बढेको छ । तीन दलको सहमतिमा मधेशी र थारुलाई कतै सम्बोधन गरेको छैन र ती दलका नेताहरु भन्छन्, सविधान निर्माणको प्रकृया जारी रहन्छन् र यता सहमतिको प्रयास पनि जारी रहन्छन् । तर, मधेशी मोर्चाका नेताहरु त्यो मान्न तयार छैन ।
मधेसी मोर्चा सम्बद्ध प्रदर्शनकारीहरुले आन्दोलनलाई झन सशक्त बनाउँदै अब  राजधानीबासीको हुकापानी बन्द गर्न राजमार्ग केन्द्रित आन्दोलन शुरु भएको छ । काठमाडौं बस्नेहरुले अनदेखा गरेकाले राजधानीमा सबैखाले आपूर्ती ठप्प गर्नेगरि आन्दोलन थालिएको फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले बताए । प्रहरीले स्कर्टीगं गरी मालसमान राजधानी पठाएपछि आन्दोलनको खासै प्रभाव नदेखिएपछि आन्दोलनकारीले राजमार्गलाई अवरोध गर्न शुरु गरेपछि हिजो राति प्रहरी स्कर्टिङमा समेत सवारीसाधन सञ्चालन हुन सकेन । पूर्वबाट प्रहरी स्कर्टिङमा आएका ५ सय भन्दा बढी मालबाहक ट्रक तथा यात्रुबाहक बसलाई सुनसरीको झुम्कामै रोकिएको छ । यस्तै पश्चिमबाट प्रहरीले ल्याएको सवारीसाधन सिरहाको मिर्चैयामा रोकिएको छ ।
सप्तरी, सिरहा, ढल्केवर अन्तर्गत पूर्व–पश्चिम राजमार्ग खण्डको विभिन्न स्थानमा रुख ढालेर अवरोध गरेपछि प्रहरी स्कर्टिङमा पनि सवारीसाधन सञ्चालन हुन सकेको छैन । जनकपुरमा हिजो भएको बृहत जनप्रर्दशनमाथि प्रहरीले दमन गरेर दुई दर्जनभन्दा प्रर्दशनकारीलाई घाइते बनाए त्यसको आक्रोशमा आज विहानैदेखि जनकपुर अशान्त बनेको छ । चौक चौकमा प्रदर्शनकारीले नारा जुलुस लगाई टायर बाली विरोध गरिरहेका छन् । विराटनगरमा पनि प्रहरी प्रदर्शनकारीबीच झडप भइरहेको छ ।
राजमार्गमा अवरोध पुर्याउन राखेका ढुगांमुढा तथा रुखहरु पन्छाउन खोज्दा सप्तरीमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । दुबै तर्फबाट ढुंगा हानाहान भएको छ । र अवस्था तनावग्रस्त बन्दै गएको छ ।
२६ दिनदेखि बजार पसल बन्द गराए पनि मागबारे सुनवाई नभएको भन्दै सप्तरीमा प्रदर्शनकारीहरुले आन्दोलनलाई राजमार्ग केन्द्रित बनएका छन् । भारदहमा एक दर्जन रुखहरु ढालेर राजमार्ग अवरुद्ध बनाईएका छन् । ठूला ठूला रुखहरु ढालेपछि राति बाटो सुचारु गर्न सम्भव नभएको हो ।
कञ्चनपुर, कदमाहा तथा रुपनीमा राजमार्गमै पाल टाँगेर प्रदर्शनकारी बसेका छन् ।
ुप्रशासनले जसरी पनि गाडी सञ्चालनमा ल्याउने र प्रदर्शनकारीहरु जसरी पनि सञ्चालन गर्न नदिने भनि अडानबीच बुधबार सप्तरीमा ठूलो झडप हुने सम्भावना छ,ु नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले भने, ुमुठभेड भन्दा वार्ता र सहमतिमा समस्या समाधान गर्नु उचित हुने छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..