» » मधेशविरोधी संविधान जारी भएको शोकमा दुईको मृत्यु

महोत्तरी,आश्विन ४ गते । विगत पाँच सतादेखी निरनतर मधेश आन्दोलनमा सक्रिय सहभागिता जनाई रहेका महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा नं. ५ का एक आन्दोलनकारीले आत्महत्या गरेका छन् , भने  मधेश विरोधी संविधान जारी भएको कारण सप्तरीमा एकजनाको हृदयघात भइ मृत्यु भएका छन् ।
लामो समयदेखी आन्दोलनमा सक्रिय सहभागिता जनाई रहेका स्थानिय राम प्रदिप महतो नुनियाले संविधान मधेशलाइ उपेक्षा गरेको भन्दै आफ्नो घर देखि ५० मिटिर पर रुखमा झुण्डिएर आत्म हत्या गरेका हुन । उनी सद्भावना पार्टीका स्थानीय सक्रिय कार्यकर्ता थिए । स्थानिय नेताहरुको अनुसार उनले हिजो आन्दोलनकारी सँग भन्दै आएका थिए । यो देशमा मधेशीहरुको कुनै हैसियत भएन, यत्रो आन्दोलन भयो, सरकार र शिर्ष दलले मधेशीहरुलाई कुकुर जस्तो व्यवहार गर्यो । यो देशमा बस्नु अब ठिक छैन भनेर सार्वजनिक रुपमा बाँचा गरेका थिए । उनले स्थानीयहरुले भनेका थिए, यदि यो संविधान जारी भयो भन्ने म आत्म हत्या गर्छु , सोही अनुसार उनले आत्महत्या गरेको स्थानीयले बताए ।

त्यस्तै, मधेशी जनताको भावनालाई कदर गरी राष्ट्रपति रामवरण यादवले संविधान जारी गर्दैनन् भनी विश्वास वोकेका नेतिलाल यादवको विश्वस चकनाचुर हुदाँ हृदयघातवाट उनको मृतयु भयो । यादव संघीय समाजवादी फोरम, नेपालका सदस्य सप्तरी सिम्लाहा सिडिवन गाविस निवासी हुन । उनी पनि विगत एक महिनादेखि जारी आन्दोलनमा सक्रियताका साथ लागेका थिए ।

संविधानसभावाट रामवरण यादवले मधेशको जनताको जनभावना विपरित संविधान जारी गरेको टेलिभिजनमार्फत सुन्दैँ देखे बित्तिकै हृदयघात भइ ढलेका यादवको सोमबार मृत्यु भएको छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..