» » संघीय मधेशी मोर्चाको यस्तो आयो विज्ञप्ति

संघीय मधेशी मोर्चाको बैठक आज नेपाल सद्भावना पार्टीको केन्द्रिय कार्यालय काठमाण्डौमा सम्पन्न भएको छ । बैठकले संबिधानसभाबाट मिति २०७२ भाद्र ३० गते का दिन पारित संबिधान मधेश र मधेशी लगायत पिछडा वर्ग, दलित, आदिवासी जनजाति, थारु, मुश्लिम, अल्पसंख्यक र सिमान्तकृत वर्ग समुदायको हक अधिकार र पहिचानलाई स्थापित गर्न नसकेको एवं मधेश थरुहटमा जारी आन्दोलनलाई सम्मान समेत नगरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण ठहर गर्दै यसरी आन्दोलनकारीहरुको मागलाई सम्बोधन नगरी संबिधान निर्माणको प्रकृयालाई अगाडी बढाउँदा जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलनसहित अन्य आन्दोलन समेतको अपमान भएको निर्णय गरेको छ ।
बैठकले संघीय मधेशी मोर्चाद्धारा बिगत एक महिना भन्दा बढी समयदेखि जारी मधेश बन्द र शान्तिपुर्ण संघर्षको क्रममा शहादत वरण गर्नु भएकाहरु प्रति हार्दिक श्रद्धान्जली एवं उच्च सम्मान व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विविध कठिनाइहरुको बाबजूद मोर्चाले आह्वान गरेको संघर्षलाई सहयोग र समर्थन गर्ने संपुर्ण जनसमुदायप्रति संघीय मधेशी मोर्चा आभार व्यक्त गरेको कुरा बैठकमा सहभागि नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शीव पटेल ले बताउनु भयो  ।
यसै गरी बैठकले जारी आन्दोलनलाई सम्बोधन नगरि जारी हुने संबिधान सर्वस्वीकार्य हुन नसक्ने भएकोले आन्दोलनरत संघीय मधेशी मोर्चा लगायत अन्य आन्दोलनरत पक्षहरुसंग वार्ता र संबाद गरी सबैलाई स्वीकार्य हुने संबिधान जारी गरी स्थायी शान्ति, संबिधानको दिगोपना र सर्वस्वीकार्यताको लागि आवश्यक रहेको  ठहर गरेकोछ । बैठकमा नेपाल सद्भावना पार्टी का अध्यक्ष अनिल कुमार झा, लोकदलका अध्यक्ष कौशल कुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष गंगा महरा, लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष जीवन साह लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..