» » तौलिहवामा निषेधित क्षेत्रको समय सिमा तेस्रो पटक फेरी थप

कपिलवस्तु, भदोै १७ गते । स्थानीय प्रशासनले कपिलवस्तुको तौलिहवा बजारमा घोषणा गरेको निषेधित क्षेत्रको सयमसीमा आजदेखि यही भदौ २३ गतेसम्म एक हप्ताका लागि थप गरेको छ ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताबाट अझै पनि हिंसात्मक गतिविधि हुन सक्ने जनाई तेस्रो पटक निषेधित क्षेत्रको सीमा थपिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
यही भदौ १ र २ गते आन्दोलन अराजक भएको भन्दै पहिलो पटक गत भदौ ३ देखि ९ गते र दोस्रो पटक भदौ १० देखि १६ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको थियो । जिल्ला सुरक्षा समितिको बैठकले निषेधित क्षेत्रका दायरा केही हेरफेर गरी प्रशासन चोकदेखि पूर्व राष्ट्रिय वाणिज्य बैंकसम्म, दक्षिण भगवानदास गुप्ताको सालिक, पश्चिम उत्तरमा बजार क्षेत्र हँुदै मालपोत कार्यालय, कृषि विकाससम्मको सडक र सोको दुवै आसपासको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरिएको प्रजिअ अब्दुलकलाम खाँले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..