» » विश्वकर्मा पुजाको मूर्ति सेलाउन जादाँ दुर्घटनामा दुई जनाको मृत्यु, ७ घाइते

दमक, २ असोज । विश्वकर्मा पूजापछि मूर्ति सेलाउन जाँदा आज दिउँसो पूर्वपश्चिम राजमार्गको झापाको बिर्तामोड–२ सडक खण्डमा बस र पिकअप भ्यान जुध्दा पिकअपमा रहेका दुईको ज्यान जानुका साथै सातजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार त्यहाँ को १ ख ३७३३ नम्बरको बस र मे १ ज १४५६ नम्बरको पिकअप भ्यान दिउँसो दुर्घटना हँुदा बारा कलैया– ६ का २७ वर्षीय दिपेन्द्र चौरसिया र झापा कनकाई नगरपालिका—५ का ३५ वर्षीय गोपाल माझीको ज्यान गएको छ ।

दुर्घटनामा बिर्तामोड–४ का २१ वर्षीय ईश्वर दास, ३१ बर्षीय राजमङ्गल चौरसिया, २६ वर्षीय दिलिप सहनी, नौ वर्षीय टीका दास, ५५ वर्षीय जयबहादुर भुजेल, १० वर्षीय नन्दु दास र ४२ वर्षीय कपिलदेव शर्मा घाइते भएका छन् ।

उनीहरूको बिर्तामोडस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दाँया खुट्टा भाँच्चिएका शर्माको अवस्था गम्भीर भएको र अरुको अवस्था खतरामुक्त भएको बताइएको छ । पिकअप बिश्वकर्मा बाबाको मूर्ति सेलाउन बिर्तामोडबाट कनकाई नदी जाँदै थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..