» » शान्तिपुर्ण आन्दोलनमा महिला माथी पनि प्रहरी दमन

जलेश्वर, भदौँ १६ गते महोत्तरीको जलेश्वर ५ स्थित महेन्द्रचौकमा मंगलबार साझ प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा एक महिला सहित आधा दर्जन प्रर्दशनकारी र प्रहरी घाईते भएका छन ।
जलेश्वर ५ मै चिया पसल सञ्चालन गरेकी सीता उपाध्यया झडपको क्रममा घाईते हुन पुगेकी छिन । उपाध्यायको टाउँमा चोट लागेको प्रत्यक्षदर्शीले बताएको छ। टाउँको फुटेर घाईते भएकी उपाध्यायको उपचार भई रहेको छ।
यता प्रहरी र प्रर्दशनकारी बीच अहिले पनि झडप भईरहँदा यहाँको स्थिति तनावपूर्ण बनेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड टियर ग्यास र दुई राउण्ड रवरको गोलि प्रहार गरि भीडलाई नियन्त्रणमा लिने प्रयास गरेका छन ।
बाक्लो वस्तीमै टियर ग्यास छाडिएकाले घर भित्र बसेकाहरुलाई पनि समस्या भोग्नु परेको छ । गोली लागेर एक जना घाईते भएको भनिएपनि पुष्टि भने हुन सकेको छैन।
यस अघि दिन भरि पटक पटक जलेश्वरको महेन्द्र चौक , वस स्टैण्ड चौक र खैरा चौकमा पनि प्रहरी र प्रर्दशनकारी बीच घमाघम्सी चलेपछि दिन भरि नै जलेश्वरको स्थित तनाव पुर्ण वनेको थियो।
प्रहरीले महेन्द्र चौकको घर घरमा पसेर सर्वसाधारणलाई जथाभावी कुटपिट गर्न थालेपछि स्थानियहरु पनि आक्रोशित भएका छन।
यसअघि मधेसी मोर्चाका नेता कार्यकर्ताले नेपाली काँगे्रसको पार्टि कार्यालयमा तोडफोड गरेका थिए भने शिक्षा कार्यालय , जिल्ला विकास , जिल्ला प्रशासन , राप्रपाको पार्टी कार्यालय जिल्ला निर्वाचन कार्यालयमा पनि प्रर्दशनकारीहरुले ढुँगा प्रहार गरेका थिए।
प्रस्तावित प्रदेश र सीमाकनको विरोधमा आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्ताले महोत्तरीमा अन्यदिनको तुलनामा बुधवार बिहानैदेखि उग्ररुपमा प्रर्दर्शन गरेका छन।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..