» » शान्तिपुर्ण आन्दोलनमा उत्रिएको २६ पत्रकारहरु पक्राउ

 

वीरगन्ज, भदौ ३० गते । मधेश आन्दोलनको समर्थन र प्रहरी दमनको विरोधमा वीरगन्जमा बुधबार साझ दंगाग्रस्त क्षेत्र तोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पर्साका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष ध्रुब साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण जुलुशमा सहभागी  २६ जना पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जको घण्टाघर चोकबाट निस्किएको जुलुश माइस्थान चोकमा पुगे लगत्तै प्रहरीले हस्तक्षेप गरेर जुलुशमा सहभागी २६ जना पत्रकारहरुलाइ पक्रेको हो ।पत्रकारहरुलाइ नियन्त्रणमा लिने क्रममा प्रहरीले बल पनि प्रयोग गरेको थियो ।

पक्राउ पर्नेहरुमा महासंघ पर्सा शाखाका उपाध्यक्ष ध्रुब साह , राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय उपाध्यक्ष राम सर्राफ ,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य अनिल तिवारी , पत्रकार महासंघ पसाृका पूर्व सचिव युवराज खड्का ,मधेशी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटे, क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष आर के पटेल , नेपाल पत्रकार महासंघका सदस्यद्वय प्रणय कुमार साह र कपिलदेव यादव , राष्ट्रिय फोटो पत्रकार समुह पर्साका उपाध्यक्ष विजय महत्तो , न्युनतम पारिश्रमीक निर्धारण समितिका सदस्य पवन तिवारी , पत्रकारहरु रितेश त्रिपाठी ,नरेश सर्राफ ,विधार्थी गिरी ,अलिअसगर देवान ,राम कुशवाहा ,चन्द्रभुषण साह ,श्याम कुशवाहा , दिपक कुशवाहा , छठु पटेल ,एसके चौरसीया,अमीत अग्रवाल लगायतका रहेका छन् ।

उनिहरुलाइ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा राखिएको थियो । मधेश आन्दोलनका जायज माग पुरा गर्न र आन्दोलनमा प्रहरीले गरेको दमन बन्द गर्न माग गर्दै शान्तिपुर्ण प्रदर्शन गरिएको महासंघ पर्सा शाखाका उपाध्यक्ष साहले बताए । साँझ ५ बजे पक्राउ परेका पत्रकारहरुलाइ प्रहरीले बुधबार नै बेलुकी साढे सात बजे रिहा गरेको छ । यात्राडेली

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..