» » संविधान निर्माण प्रक्रिया नरोकेसम्म बार्ता हुँदैनः अध्यक्ष ठाकुर


काठमाडौ, १६ भदौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान निर्माणको प्रक्रिया नरोकेसम्म सरकारसँग वार्ता हुन नसक्ने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बार्ता र संबादबाट समस्या समाधान गर्न आग्रह गदै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले भने–सबैभन्दा पहिला संविधानसभामा रहेको मस्यौदा विद्येयकलाई स्थागित गर्नु पर्यो अनि बार्ता गर्न सकिन्छ ।
ठाकुरले आफूहरुले अघि सारेको विगतमा भएका सम्झौता कार्यान्वयनको  प्रतिबद्धता, आन्दोलित जिल्लामा परिचालित सेना र शसस्त्र प्रहरी ब्यारेक फिर्ता, आन्दोलनमा निधन भएकालाई शहिद घोषणा र घाईतेको निशुल्क उपचार आफूहरुको सर्त नभई अहिलेको आवश्यकता भएको दावी गर्दै सरकारले त्यती माग पुरा गरे बार्ताको बातावरण बन्ने स्पष्ट पारे ।
उनले भने–सुरक्षाकर्मीले घर घरमा पसेर कुटपीट गरिरहेका छन, महिलालाई दुब्र्यवहार गरिरहेका छन यस्तो अवस्थामा किन र केकोलागि बार्ता गर्ने ? सरकारबाट जवाफ आउनु पर्छ । अहिले बार्ताको बातावरण छैन बार्ता गर्दैनौ ।
ठाकुरले मधेसी मोर्चासँग भएको सहमति कार्यान्वयन गर्ने जिम्मा राज्यको भएकोले ती कुराहरु पुरा गर भन्ने बाहेक आफूहरुको केही नयाँ माग नभएको दावी गर्दै मधेसमात्रै नभई पहाडमा समेत आन्दोलन भईरहेकोले सरकारले उनीहरुसँग भएको सम्झौता समेत कार्यान्वयन गर्नु पर्ने धारणा राखे ।
ठाकुरले बाहिर आए जस्तो आफूहरु बार्ता गर्न काठमाडौ आएको नभई उपचाररत घाईतेको अवस्था बुझ्न र मधेसी मोर्चामा छलफल गर्न आएको स्पष्ट पार्दै प्रधानमन्त्री सुशील कोइरालासँगको टेलिफोन संबादमा प्रधानमन्त्रीले केवल भेटौ संबाद गरौ मात्र भनेर भनेको र आफूले मधेसमा जारी हत्या हिंसा रोक्नुस सहज बातावरण बनाउनुस, सम्झौता कार्यान्वयनको प्रतिबद्धता ब्यक्त गर्नुस भनेर जवाफ दिएको जानकारी दिए ।
उनले पहिलो मधेस आन्दोलनमा समेत सेना परिचालन नभएको उल्लेख गर्दै अहिले के अवस्था आयो र सेना परिचालन गर्ने भनि प्रश्न गरे ।



About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..