» » मधेशी नेतालाई भेटेपछि तीन दलको बैठक बालुवाटारमा


काठमाडौ असोज ५ गते । भारतको असन्तुष्टि र तराई मधेशको आन्दोलनको बारेमा छलफल गर्न तीन दलको बैठक बालुवाटारमा शुरु भएको छ । तीन दलले बहुमतबाट सविधान जारी गरेपछि छिमेकी देश भारत त्यसबाट रुष्ट देखिएका छन् ।
भारतले तराई मधेशमा आन्दोलनरत पक्षसँग वार्ता गरेर सहमतिमा ल्याएर सविधान जारी गर्नुपर्ने भन्दै आएको छ । भारतले आजैदेखि नेपाल भारत सीमामा सुरक्षा अवस्था कडा पारेको छ भने विभिन्न ठाउँमा तेलका ट्याकर तथा अन्य मालसमान नेपाल आउनमा रोक लगाएको छ ।
त्यस्तै आजै तीन दलले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका छन् ।
छलफलमा मधेशवादी दलका नेताहरुले वार्ताको वतावरण बनाउन आग्रह गरेपछि तीन दल आज बैठक बस्न लागेको हो । प्रधानमन्त्री सुशिल कोइराला अमेरिका जानु अघि तराई मधेशको आन्दोलनलाई सम्बोधन हुने गरि केही निर्णय गरेर जाने संभावना रहेको स्रोतले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..