» » महिला झुण्डिएको अवस्थामा शव फेला

गोरखाबजार, आश्विन ६ गते । गोरखाको ताकुमाझलाकुरीबोट गाविस–७ अर्चलेमा झुन्डिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

घरको धुरीको बलोमा झुन्डिएको अवस्थामा ३५ वर्षीया सन्तकुमारी गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसो नाइलनको डोरीको पासोमा शव झुन्डिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक दीपक श्रेष्ठले सो घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । रासस

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..