» » वीरगंजमा शहादत प्राप्तको गरेकोलाई शालिक बनाउने निर्णय

माधुरी,वीरगञ्ज, भदौ २१ गते । वीरगन्जको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका पाँच जना शहिदकोे वीरगन्जमा शालिक निर्माण गरिने भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले मृतकहरु वीरगन्जको जगरनाथपुर मनियारीका दिलिप चौरसिया, भवानीपुरका धर्मराज सिंह, नगवाका सोहन साह कलवार , बाराको प्रसौनी ८ नौतन बहुअरीका भोला प्रसाद तेली र दिनानाथ साह गोढको शालीक बनाउने भएको हो ।
मोर्चाको हिजो बसेको बैठकले वीरगन्जको घण्टाघर चोक नजिक रहेको मधेशी शहिद पार्कमा शालिक बनाउने निर्णय गरेको हो । यस्तै बैठकले मृतक पाँचै जनाको परिवारलाइ कृया खर्चका लागि आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ ।
मोर्चाका नेता एंव आन्दोलन परिचालन समितिका संयोजक पुरुषोत्तमलाल झाको अध्यक्षतामा बसेको बैठकले आज दिउँसो १ बजे वीगन्जको सिर्सिया सुख्खा बन्दरगाहा ड्राइपोर्ट क्षेत्रमा बृहत आमसभा गर्ने निर्णय पनि गरेको मोर्चाका प्रचार प्रसार संयोजक सलाउदीन अहमदले जानकारी दिनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..