» » मक्कामा भागदौड हुदाँ ३१० भन्दा बढि हजयात्री मृत्यु


साउदी, आश्विन ७ गते । साउदी अरबको पवित्र शहर मक्कामा हज गर्न गएको इस्लामी धर्मालम्बीहरुको हज गर्ने क्रममा भागदौड हुँदा ३ सय १० जना भन्दा बढीको मृत्यु भएको छ ।
सैतानको मूर्तिलाई ढुंगा हान्ने क्रममा विहिवार भएको भागदौडका क्रममा ४ सय ५० जनाभन्दा धेरै हजयात्री घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मक्काको मीनामा सैतानलाई ढुंगा हान्ने रित पूरा गर्ने क्रममा  भागदौड मच्चिएको थियो ।
सन् २००६ को जनवरी १२ मा सैतानलाई ढुंगा हान्दा भएको भागदौडका क्रममा ४ सय जनाको मृत्यु भएको थियो । मुस्लिम धर्मावलम्बीले विश्वास गरेअनुसार मक्काको बाहरी भागमा सैतानलाई ढुंगा हान्ने चलन छ । मक्कामा ढुंगा हान्नुलाई सैतानको विरोधको प्रतिकका रुपमा लिइन्छ ।
सैतानको प्रतिकका रुपमा रहेका तीनवटा विशाल खम्बा ठड्याइएको हुन्छ । यही स्थानका ती खम्बामा हजयात्री ढुंगा जम्मा गरेर बर्साउँछन् । मुस्लिम धर्मावलम्बीले गरेको विश्वास अनुसार सैतान सबैभन्दा पहिले अब्राहम, उनकी पत्नी हेगर र छोरा इशामलको सामुन्ने देखा परेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..