» » १३ वर्षमा सातलाख भन्दा बढि गर्भपतन, ‘सात प्रतिशत असुरक्षित’

काठमाडौं असोज १० गते । मातृ मृत्युमध्ये सात प्रतिशत असुरक्षित गर्भपतनका कारण हुने गरेको पाइएको छ । सय गर्भवतीमध्ये आठ जनाले गर्भपतन गराउने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत परिवार स्वास्थ्य महाशाखा निर्देशक प्रा.डा. पुष्पा चौधरीका अनुसार सबै जिल्लामा सुरक्षित गर्भपतनको सेवा सञ्चालनमा आइरहेको छ । यसलाई परिवार नियोजनको विकल्पका रुपमा नबुझ्नसमेत उनले आग्रह गरेको राजधानी दैनिकमा खबर छ ।
नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको १३ वर्षको अवधिमा सात लाख ५१ हजार ६ सय ९४ ले मात्र गर्भपतन सेवा लिएका छन् ।
गर्भवतीको मञ्जुरीले १२ सातासम्मको गर्भ, बलात्कार वा हाडानाता करणीबाट रहन गएको १८ सातासम्मको गर्भ वा गर्भपतन नगराए ज्यान खतरामा पर्ने भए जुनसुकै समय महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..