» » वीरगंजको शहिद शबयात्रामा ओर्लियो मानव सागर (फोटो फिचर)



वीरगञ्ज, भदौ १९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र विभिन्न पार्टीको नेतृत्वमा भएको मधेश आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीको गोली लागी मृत्यु भएका ५ जनाको आज अन्त्येष्टि गरिएको छ ।

स्थानीय प्रशासनले मारिएका पाँचै जनालाई सहिद घोषणा, घाइतेहरुको उपचार र क्षतिपूर्तिको सिफारिस गरेपछि आन्दोलनरत पक्ष र मृतकका आफन्तहरु अन्त्येष्टिका लागि सहमत भएका हुन् ।

आन्दोदनको क्रममा गत १४ र १५ भदौमा वीरगञ्जमा भएको आन्दोलनकारी र प्रहरी वीचको झडपमा प्रहरीको गोली लागी दिलिप चौरसिया, धर्मराज सिंह, दिनानाथ साह, जयप्रकाश साह तेली र सोहन साहको ज्यान गएको थियो ।
चार दिनसम्म मृत्यु भइसके पनि आज शहिद घोषणाको वतावरण वनेपछि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शव यात्रा निकालिएकोे छ । 

बिहान ११ बजे निस्किीएको  शवयात्रा हजारैँ हजारको सहभागितामा अस्पतालबाट घण्टाघर, इनरबाइपास, नगवा, नयाँ बसपार्क, लक्ष्मनवा चोक, गण्डक, पावर हाउस, राधेमाइ हुँदै तिलावे नदीमा पुगेर मृतकहरुको अन्तेष्टि गरिने सङ्घीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवले जानकारी दिए ।

शवयात्रालाई ध्यानमा राखी वीरगञ्जमा लगाइएको कफ्र्यु ३ घण्टा बाट ५ घण्टाका लागि हटाइए पनि वीरगन्जमा एक जना पनि सुरक्षा कर्मी देखिएन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..