» » सविधानप्रति भारतको असन्तुष्टि


काठमाडौ असोज ३ गते । आज संविधानसभाबाट संविधान जारी भएलगत्तै भारतले वक्तव्य जारी गर्दै सविधानप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ती निकाल्दै भारतीय विदेश मन्त्रलायले नेपालमा जारी आन्दोलमा पनि चासो रहेको उल्लेख गर्दै भारतीय सीमाक्षेत्र रहेको तराई मधेसमा जारी आन्दोलन हिंस्रक भएकोमा चिन्ता व्यक्त गरेको छ ।तराई–मधेसमा भइरहेको हिंसात्मक आन्दोलनबीच संविधान आएकाले सबै किसिमका आन्दोलनलाई वार्ताबाट सम्बोधन गर्नु जरुरी छ’, विज्ञप्तीमा भनिएको छ, ‘बढी भन्दा बढी जनताको समर्थन र स्वामित्व महसुस हुने गरी सबैको भावना समेटिनु जरुरी छ । त्यसका लागि पहिले हिंसा र धम्कीबाट मुक्त हुनुपर्छ ।’निकै हस्तक्षेपपूर्ण विज्ञप्ती निकाल्दै भारतीय विदेशमन्त्रालयले आफ्नो सीमाक्षेत्रमा जारी आन्दोल वार्ताको माध्यमबाट हल गर्न भन्दै संवाद र बढी भन्दा बढी जनताले स्वामित्व महसुस हुने गरी अघि बढ्न आग्रह गरेको छ ।
संघीय लोकतान्त्रिक, गणन्त्रात्मक र समावेशी संविधानको समर्थन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..