» » सशस्त्र प्रहरीलाई तालिमको अभावले मधेशमा गोली चल्यो भनि मानवअधिकारकर्मीको निष्कर्ष


काठमाडौं, भदौ २१ गते । मधेस आन्दोलनको क्रममा बारा र पर्सा जिल्लामा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको मानवअधिकार कर्मीहरुले बताएका छन् ।
अधिकारकर्मीहरु दिनेश त्रिपाठी, तुलसी थापा र अनिल महर्जनसहितको अधिकारकर्मीहरुको टोलीले ती जिल्लामा गएर प्रत्यक्षदर्शी, आन्दोलनकारी, सुरक्षाकर्मी, प्रशासन र सञ्चारकर्मीहरुसँग गरेको छलफलको आधारमा सो निष्कर्ष निकालेको होे ।
मानवअधिकारकर्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अधिकारकर्मी त्रिपाठीले अध्ययनको क्रममा सशस्त्र प्रहरीमा भिड नियन्त्रण तालिमका अभाव पाएको र उनीहरुले नै सबैभन्दा बढी बल प्रयोग गरेको पाईएको बताउँदैै सबैलाई टाउको र छातिमा मात्र गोली लाग्नु त्यसको प्रमाण भएको बताए ।
उनले मर्ने अधिकाँश आन्दोलनकारी नभई सर्वसाधारण भएको पाईएको सुनाउँदै छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखले पनि  गल्ती भएको स्वीकारेको जानकारी दिए ।
त्रिपाठीले छलफलमा आएको तथ्य उद्यृत गर्दै भने–प्रहरीले गाली गलौच गर्दथ्यो, अपमान गर्दथ्यो । २०१० मै एक्सपायर भएको अश्रुग्यास चलाएको पाईयो । गोली पनि यूद्धमा प्रयोग गर्ने जस्तो प्रयोग भएको पाईयो । त्यहाँ गंभिर मानवअधिकारको उल्लघन भएको छ ।
उनले घटनाको निष्पक्ष न्यायीयक छानविन गरेर दोषीमाथि कारवाही गरेर विधिको शासनको रक्षा गर्नु पर्ने भन्दै मुलुकमा दण्डहिनता बढे त्यो राम्रो नहुने चेतावनी दिए ।
त्रिपाठीले आन्दोलनकारी र सुरक्षा निकाय दुबै पक्षलाई संयमित हुन आवहान गर्दै जनतालाई दुख नदिने गरी वार्ताबाट समस्याको समाधान खोज्न आवहान गरे ।
हुमन राईटस् काउन्सिलका अधयक्ष तुलसी थापाले तराईमा मानवअधिकारको उल्लघन भएको भन्दै त्यसको न्यायिक छानविन गरेर दोषीमाथि कारवाही र पीडितलाई तत्काल क्षतिपूर्ति दिनु पर्ने माग गरे । उनले राजनीतिक समस्याको समाधान बार्ताबाट नै हुने भन्दै आन्दोलनकारीले ५० लाख रुपैया दिन्छु भनेकोले आन्दोलन हिंसक बनेकोले राजनीतिक समाधान खोज्न आग्रह गरे ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..