» » आन्दोलनकारीले गरे सहकारी कार्यलयमा तोडफोड,आगजानी प्रयास

जनकपुरधाम , भदौ १७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले जनकपुरको मुरलीचोकस्थित डिभिजन सहकारी कार्यालयमा तोडफोड गरेका छन् । निषेधित क्षेत्र भन्दा बाहिर रहेको सहकारी कार्यालयको हाताभित्र पसेर प्रदर्शनकारीहरुले भवनको झ्यालका सिसा फुटाउँदै आगजनीको प्रयास समेत गरेका छन् । समयमै प्रहरी पुगेपछि कार्यालय आगजनीबाट बचेको प्रत्यक्षदर्शीले जनाएका छन् ।  
संयुत्तः लोकतान्त्रिक मधेशी मोर्चाको आमहडताल २० औ भइसकेपनि राज्यवाट कुनै किसिमको सकारात्मक कुरा नआउदा आन्दोलनकारीहरु झन आक्रोशित भएको छ । विहिवार विहानै देखी जनकपुरका बिभिन्न चौकहरुमा बाटो अबरुद्ध गरी टायर बाली प्रदर्शन गरिरहेको थियो । बन्दको २० औं दिन बिहीबार जनकपुरमा धोती रैली प्रदर्शन भएको छ । बन्दकर्ताले ठाउँठाउँमा सडक अवरुद्ध गरेर एम्बुलेन्स समेत चल्न दिएका छैनन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..