» » महोत्तरीमा शव उठाउन नदिएको भन्दै मोर्चाको विरोध

काठमाडौ भदौ २८ गते । आन्दोलनको क्रममा महोत्तरीमा मारिएका आन्दोलनकारीको शवलाई स्थानीय प्रशासनले शव यात्रासहित जलाउन दिएका छैन ।

कफ्यू भएको कारण भिडभाडका साथ शव यात्र वा श्रद्धाञ्जली सभालगायतका कार्य नगरी सिधै लगेर जलाउन पाइने भनि स्थानीय प्रशासनले शव जलाउनमा रोक लगाएका छन् ।

 त्यसको कार्यको विरोध गर्दै विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले शव तत्काल उठाउन दिनुपर्ने र शवयात्रासहित शव जलाउन दिनुपर्ने माग गरेको छ ।

आज साँझ बसेको सो मोर्चाको बैठकले त्यस्तो माग गरेको हो । शव यात्र तथा श्रद्धाञ्जली सभाका लागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा महोत्तरी पुगेका थिए । तर स्थानीय प्रशासनले शव जलाउनका लागि मात्र दिने भनेपछि हालसम्म शव उठेको छैन ।

मोर्चाका घटक तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्माले आफुहरु जिल्ला अस्पतालबाट जिरोमाईल, बुद्धिजिवी चोक, दुर्गाचोक, शंकरचोक, साहुजीपटटी हुदै खैराचोक जाने बाटो तय गरेपनि स्थानिय प्रशासनले अनुमति नदिएको कारण शवयात्रा हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय प्रशासनले आफुहरुको माँग वमोजिम सहमति नगरेको कारण शवयात्रा हुन सकेको छैन्, हामी चाँडै कुनै विकल्पमा पुग्नेछौं ।’

यता प्रमुख जिल्ला अधिकारी दिपक काँफ्लेले गृहमन्त्रालयले बजार एरियामा जान नदिन स्पष्ट निर्देशन दिएको हुँदा मोर्चासंग सहमति नभएको वताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालबाट जिरोमाईलहुदै सिधै खैरा चोक गए आफुहरु जुनसुकै बेला पनि मान्न तयार छौं ।’

मोर्चाले भने आफ्नै ठाउँमा शहिदको शवयात्रा निकाल्न प्रशासनले रोक लगाउन खोज्नु भनेको बन्दुक देखाएर आवाज दवाउन खोज्नु सरह रहेको आरोप लगाएका छन ।

त्यसैगरी महोत्तरीमा शहादत प्राप्त गरेका परिवारजनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनले सदगतिको लागि रोक लगाएको आरोप लगाएको छ । उनीहरुले प्रशासनले सामूहिक रुपमा नभई व्यक्तिगत रुपमा शवलाई सदगति गर्न दवाव दिने गरेको आरोप लगाउँदै सदगतिको वातावरण बनाइदिन सम्बन्धित सबैपक्षसंग आग्रह गरेको छ ।

स्थानीय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरी गिरफ्तार गर्ने, कुटपिट गर्ने र मुद्दा चलाउने कार्य गर्ने हल्ला चलेपछि महोत्तरीका मोर्चाका नेताहरु भारतको बिहार राज्य अन्तर्गतको मधुवनी जिल्लाको मधवापुरमा गएर बसेका छन् ।

तिनदिन देखि तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्मा, सद्भावना पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादव, महामन्त्री देवेन्द्र यादव, लालबाबु यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र यादव, केन्द्रीय सदस्य सुरेश पाण्डे, केन्द्रीय उपाध्यक्ष रानी शर्मा, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय, केन्द्रीय सदस्य कृष्णशङ्कर साह, पूर्व मन्त्री हरिनारायण यादव, पूर्व सभासद कौशल यादवलगायत नेताहरु मधवापुरबाटै आफ्ना गतिविधिहरु गरिरहेका छन् ।

उनीहरु भारतीयभूमिमै बसेर योजना बनाउने तर जलेश्वरमा आउन नसकेकै कारण अहिले शव शवयात्रा तथा अन्त्येष्टी हुन नसकेपछि स्थानीयहरु आक्रोशित हुन थालेका छन् ।

त्यस्तै केही दिनदेखि मधेशका विभिन्न जिल्लामा रहेका मधेशीवादी दलका नेताहरुलाई प्रहरीले धड पकड गरिरहेको प्रति सो मोर्चाले आपत्ति जनाएको छ । मधेश आन्दोलनमा तोडफोड र हिंसात्मक कार्यमा संलग्न रहेको आरोप लगाउँदै आन्दोलनलाई नेतृत्व दिइरहेका मधेशी दलका नेताहरुलाई प्रहरीले समात्न थालेका छन् ।

मोर्चाका एक घटक राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाका अनुसार हालसम्म प्रहरीले सप्तरी, सिरहा, पर्सा, रौतहटबाट दर्जनौ नेताहरुलाई प्रहरीलाई समातेका छन् । उनीहरुलाई तत्कतालै रिहाय गर्नुपर्ने मोर्चाले माग गरेको प्रवक्ता झाले बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..