» » प्रहरीले दुईजनालाई पेस्तोल सहित पक्राउ

मिथिलेश यादव, लहान, भदौ २९ गते । जिल्लाको दक्षिण सिमावर्ती इनर्वा गाविस–८ बाट प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको दुईजनाबाट बरमद धुलो पदार्थ शतिmशाली विष्फोटक तयार गर्ने पदार्थ भएको खुलेको छ।

सेतो पाउडर(२५० ग्राम) र पहेलो पाउडर(२५० ग्राम) शक्तिशाली विष्फोटक पदार्थ बनाउने पदार्थ भएको परिक्षण पछि खुलेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमा प्रसाद चतुर्वेदीले जनाकारी दिए।

मंलबार विहान प्रहरीले इनर्वाबाट धनुषा गौरीप्रवाहाका दामोदर पासवान(२६) र ढल्केवर–७ का नुरमोहम्मद अन्सारी (५०) लाई एक थान कटुवा, चार राउण्ड जिवित गोली र ५०० ग्राम सेतो र पहेलो पाउडर सहित पक्राउ गरेको थियो।

सेतो र पहेलो पाउडरको जाँच गर्दा गन पाउडर र ह्वाईट फोसफोरस पुष्टि भएको डिएसपि चतुर्वेदीले जानकारी दिए। यी दुई पदार्थ मिलाएर विष्फोटक सामग्री तयार पारी कतै विष्फोट गराउने योजना हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इनर्वा–८ स्थित पोखरीको डिलमा ७÷८ जनाको समूहको डिलमा वसीरहेको बेला ठाढी प्रहरी चौकीको गस्ती प्रहरी टोलीले शंका लागेर त्यहा पुगेका थिए। प्रहरी देखेर बाँकी मानिस फरार भएका थिए।  धनुषा जिल्लाका मानिस हतियार र विष्फोटक पदार्थ सहित के उद्देश्यले सिरहा आएका हुन बारे शूक्ष्म अनुसन्धान भैरहेको चुर्वेदीले बताए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..