» » रौतहतमा कर्फयू तोडदै प्रर्दशन जारी, प्रहरीको गोलीले दुइजना गम्भिर घाइते

रौतहट, भदौ २७ गते । रौतहटको गौरमा प्रहरीले चलाएको गोली प्रहारबाट अधा दर्जन जना भन्दा बढी घाईते भएका छन । घाईते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
मधेशी मोर्चाको आन्दोलनकारी र प्रहरीवीच भएको झडपको क्रममा प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीले निषेधाज्ञा तो्डन खोजेपछि झडप भएको हो । कर्फुको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ताहरुले गौरको कविर चोकमा प्रहरी माथि ढ्ंगामुढा गरेपछि प्रहरीले चलाएको गोली लागेर गौर ६ का लालबाबु पटेल र अकोलवा–७ का नहिरुद्धिन अन्सारी घाइते घाइते भएका हुन् । ४५ वर्षिय पटेलको कोखामा र अन्सारीको मलद्धारमा गोली लागेको छ । गम्भिर घाइते दुवै जनाको गौर स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाउँगाउँबाट लाठी बोकेर आएका दुई हजार भन्दा बढी प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै कविर चोक र बडहवा चोकमा प्रदर्शन गरेपछि प्रहरीसंग झडप भएको हो ।
गौर नगरक्षेत्रको चारैतिर प्रहरीले घेराबन्दी गर्दै प्रर्दशनकारीलाई प्रबेश गर्न दिएको छैन । यसअघि प्रहरीले आइतबार १२ बजे देखि लागु हुने गरी सदरमुकाम गौरमा अनिश्चितकालिन कर्फयु आदेश जारी गरेको थियो ।
गौर नगर क्षेत्रको उत्तरमा निर्माणाधीन बसपार्क, दक्षिणमा टिकुलिया, पूर्वमा बडहरवा पुल र पश्चिममा भन्सार क्षेत्रभित्र अर्को आदेश नभएसम्मका लागि कर्फयु लगाएको हो । गएको भदौ ८ गते मधेसी मोर्चाको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा एकजनाको ज्यान गएपछि स्थानीय प्रशासनले गौरलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरेपछि शान्त बनेको गौर आज देखि भने फेरी अशान्त बनेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..