» » जनकपुरमा अनिश्चितकालिन निषेधित क्षेत्र घोषणा

जनकपुरधाम, १७ भदौ । जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालका लागि जनकपुरका केही भागमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
जनकपुरमा तनाब बढेपछि स्थानीय प्रशासनले सरकारी कार्यालयलाई लक्षित गरी केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
स्थानीय मुरलीचोकदेखि कदमचोकसम्म, स्वर्गद्वारीस्थित भूतनाथ मन्दिरदेखि जिल्ला अदालत जाने बाटो र उत्तीमपुरस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयदेखि आन्तरिक राजस्व कार्यालय जानेबाटोलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाकरी दिनुभयो ।
कसैले निषेधित क्षेत्र तोडे गोलीसमेत प्रहार गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..